शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

२०७८ साल चैत्र१४ गते सोमवारको सिन्धुलीका मुख्य समाचार हरु

मंगलवार , चैत्र १५, २०७८

सिन्धुलीमा बन्दुकसहित ठेकेदार र कामदार पक्राउ

 

सिन्धुली – सिन्धुलीमा प्रहरीले भरुवा बन्दुक सहित तिन जनालाई पक्राउ गरेको छ । घ्याङ्लेख गाउँपालिका ३ बन्दुरडाडा स्थित निर्माणाधिन स्वास्थ्य चौकि भबनमा काम गर्ने मजदुर र ठेकेदारलाई भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।

स्वास्थ्य चौकि भवन निर्माणमा काम गर्ने सोहि भवनको नजिकै बासको टहरोमा बस्दै आएका मजदुर सहित ठेकेदारलाई भरुवा बन्दुक सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो ।

पक्राउ पर्नेमा कमलामाई नगरपालिका वडा नं;–१२ खोक्सिङका ३८ वर्षिय नेत्र बहादुर मोक्तान, वडा नं. ५ रानिखोलाका ५३ वर्षिय तिर्थ बहादुर मगर र नुवाकोट सुर्यगडि गाउँपालिका वडा नं. १ मनिडाडाका ३६ वर्षिय कुमार तामाङ रहेका छन् ।

हातहतियार लुकाई छिपाई राखिएको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बस्तिपुरबाट प्रहरी टोलि गई खानतलासि गर्दा उनीहरु सुत्ने बिस्तारा मुनि लुकाई छिपाई राखिएको अबस्थामा भरुवा बन्दुक थान–१ फेला पारेको नयब उपरिक्षक लामाले बताउनुभयो । उनीहरुलाई जिल्ला अदालत सिन्धुलिबाट दिन ७ (सात) म्याद थप गरी थप अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो ।

सिन्धुलीमा ट्याक्टर दुर्घटना हुदाँ दुई जना गम्भिर घाइते

 

सिन्धुली – सिन्धुलीमा ट्याक्टर दुर्घटना हुदाँ दुई जना घाइते भएका छन् । गोलन्जोर गाउँपालिका ३ नागपोखरी स्थित ग्रामिण सडक खण्डमा तिनकन्याबाट ग्वालटार तर्फ आउंदै ना ७ त ६३९२ नम्बरको ट्याक्टर आंफै अनियन्त्रित भई सडक बाट अन्दाजी. ५० मिटर तल सडकमा खसि दुर्घटना हुदाँ दुइ जना गम्भिर घाइते भएका हुन् ।

दुर्घटनामा गोलन्जोर गाउँपालिका ४ का ५५ वर्षिय सन्त बहादुर सिन्जालिको टाउको, छाति र दाहिने खुट्टामा चोट लागेको र सोहि स्थानका २२ वर्षिय दिल बहादुर मगर दुबै खुट्टा छातीमा चोट लागेको छ । उनीहरुको स्वास्थ्य अवस्था गम्भिर रहेको जिल्ला प्रहरीका सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो ।

घाइते सिन्जाली र मगरको सुनकोशी सामुदायि अस्पताल खुर्कोटमा सामान्य उपचार पछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ । ट्याक्टर चालक भने फरार रहेको लामाले बताउनुभयो । चालकको खोजि कार्य भइरहेको छ ।

सिन्धुलीमा अवैध ३ हजार केजि भन्दा बढी चिनि बरामद

 

 

सिन्धुली – सिन्धुलीमा प्रहरीले अवैध ३ हजार केजि भन्दा बढी चिनि बरामद गरेको छ । विपि राजमार्ग स्थित कमलामाई नगरपालिका वडा नं.४ प्रहरी चौकि ढुंग्रेबास चेकपोष्टमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा लैजादै गरेको ३ हजार ५० केजि चिनि बरामद गरेको हो ।

जनकपुरबाट काठमाडाँै तर्फ जादै गरेको प्र.३–०१–०२४ च ४२७९ नं. को योद्दा पिक अप गाडिमा काजपत्र विनाको अन्दाजी (५० के.जि.को ६१ बोरा) ३ हजार ५० के.जि.को २ लाख ७४ हजार ५ सय रुपैँया बराबरको चिनि फेला पारेको प्रहरीले जनाएको छ ।

गाडि चालक महोत्तरी बर्दिबास नगरपालिका वडा नं. ३ का ३२ वर्षिय चेत बहादुर राउत र गाडि नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय पथलैया बारा पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

सिन्धुली फिक्कलका कृषकहरुलाई ब्याडे बोका वितरण

सिन्धुली¬ – सिन्धुलीको फिक्कल गाउँपालिकामा कृषकहरुलाई खोर सुधारका लागी अनुदान रकम र ब्याडे बोका वितरण गरिएको छ । पालिकको आर्थिक बर्ष २०७८ ÷ ७९ को १ करोड २९ लाख बजेट अन्र्तगत खोर सुधारका लागी अनुदान रकम र ब्याडे बोका वितरण गरेको हो ।

फिक्कल गाउँपालिका र हेफर नेपालको साझेदारी र सामुहकि सरोकार समाजको प्राबिधिक सहयोगमा खोर सुधार कार्यक्रम अन्तर्गत नमुना खोर निर्माणका लागी १० हजारका दरले पालिका भित्रका ६१ जना कृषकहरुलाई अनुदान रकम बितरण गरिएको छ । यस्तै गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मका २१ जना कृषकलाई लगभग २०÷२१ हजार बराबरको २१ वटा बिटोल जातका ब्याडे बोका वितरण गरिएको फिक्कल गाउँपालिकाका सुचना अधिकारी नारायण अधिकारीले जानकारी दिनुभयो ।

उहाँले व्यवसायिक रुपमा खेती गर्न चाहाने कृषकलाई प्लास्टिक टनेल, बिउँ, स्पे्र ट्याङकी वडा वडामा बितरण गरिएको र १ करोड २९ लाख बजेटबाट अन्य कार्यक्रम गर्न बाकी रहेको बताउँनुभयो । गाउँपालिकाका अध्यक्ष धन बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिबहरी दहाल, पालिकाका सदस्यहरु लगाएत कृषकहरुको उपस्तिथि रहेको थियो ।

कमलामाई नगरपालिकाको २५ औँ स्थापना दिवस मनाइयो

सिन्धुली­ कमलामाई नगरपालिकाको २५ औँ स्थापना दिवस मनाइएको छ । नगरपालिकाले नगरपालिका मातहतलाई सार्वजानिक विदा दिएर नगरपालिकाको स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसका अवसरमा जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीबिच विभिन्न खेल प्रतियोगिता समेत भएको थियो । विभिन्न विधामा भएको खेलमा उत्कृष्ठ स्थान हासिल गर्ने जनप्रतिनिधि तथा कर्मचारी खेलाडीलाई पुरस्कार समेत वितरण गरिएको थियो । ब्याडमिन्टल भलिबल, चम्चा दौड हाडीफोर जस्ता खेल खेलाई पुरस्कार वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले नगरपालिकाले सिन्धुलीगढीको पुर्ननिर्माण गरि ऐतिहासिक क्षेत्रको संरक्षण गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । यस्तै नगरप्रमुख खड्गबहादुर खत्रीले आफ्नो पालामा कर नबढाएको र करको दायरा बढाएको बताउनुभयो । बाहिर बुझाई कर बढाएको भन्ने भयो, तर हामीले करको दायरा बढाएका हौ, उहाँले भन्नुभयो । मेयर खत्रीले सिन्धुलीगढी निर्माणले नगरबासीको शिर उच्च बनाएको दावी गर्नुभयो ।

स्थापना दिवस कार्यक्रममा प्रहरी प्रमुख एसपी विमलराज कडेल सहित विभिन्न सरकारी तथा गैरसरकारी संघसस्थाका प्रमुख एवम् प्रतिनिधिहरु उपस्थित रहेका थिए ।

सिन्धुलीमा माओवादीले बढायो चुनावी गतिविधि

सिन्धुली,– आउदो बैशाक ३० गते हुने स्थानिय तहको निर्वाचन नजिकिएसँगै सिन्धुलीमा नेकपा माओवादी केन्द्रले चुनावी गतिविधिलाई तिव्र बनाएको छ । पार्टीले चुनाव लक्षित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई तिव्रता दिएको हो ।

पार्टीले अहिले जिल्लाका नौ वटै स्थानिय तहरुमा दिनमा दुई, तिन वटा सम्म चुनाव लक्षित कार्यक्रमहरु आयोजना गरी कार्यकर्ता तथा जनतामा आफ्नो चुनावी एजेण्डाको बारेमा प्रष्ट्याउदै आएको छ ।

जिल्लाका नाँै वटै स्थानिय तहका टोल तथा वडा सम्म पार्टीका गतिविधि बढाउन चुनाव केन्द्रित विभिन्न कमिटिहरु निर्माण गरी परिचालन गरिएको नेकपा माओवादी केन्द्रका ईन्चार्ज लेखनाथ दाहाल(राजन)ले बताउनुभयो । पार्टीले सोमवार कमलामाई नगरपालिका ९ मा कार्यकर्ता भेलाको आयोजना गरेको थियो ।

त्यस्तै कमलामाई नगरपालिका १ चौराहीमा वडा कमिटिको चुनावी गतिविधि बढाउनका लागि सम्पर्क कार्यालय स्थापना गरी सोमवारनै ईन्चाज दाहालले उदघाटन गर्नुभएको छ ।

कृषकलाई हाते ट्याक्टर बितरण

सिन्धुली­ सिन्धुलीको कमलामाई नगरपालिकाका कृषकलाई हाते ट्याक्टर बितरण गरिएको छ । सोमबार एक कार्यक्रमका बिच नगर प्रमुख खड्क बहादुर खत्रीले कृषकलाई हाते ट्याक्टर बितरण गर्नुभएको हो । नगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषकलाई १८ वटा हाते ट्याक्टर वितरण गरिएको नगरपालिकाका कृषि प्राविधिक देवी प्रसाद सापकोटाले बताउनुभयो । उहाँका अनुसार कृषकालाई ७ एच. पि को २८ हजार ४ सय ५० र ९ एच. पिको ३२ हजार १ सय ७५ लागतको १८ वटा हाते ट्याक्टर बितरण गरिएको हो ।

ट्याक्टर बितरणका लागी नगरपालिकाले प्रस्ताव आवहान गरेका थियो जसमा वडा नम्बर १, ६ र १२ का किसानले निबेदन दिएका थिएनन् । निबेदन दिएका वडा नम्बर १३, १०, ९, ८, ३ र ४ का एक एक जना कृषक छनोट गरिएको थियो । यस्तै वडा नम्बर १४,७,५,२ का दुइ दुइ कृषक छनोट भएका छन् भने वडा नम्बर ११ का ४ जना कृषक छनोटमा परेको प्राविधक सापकोटाले बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत विशकसेन ढकाल, कृषि प्राबिधिक लगायत कृषकहरुको उपस्तिथि रहेको थियो ।

 

प्रतिक्रिया