शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा बन्दुक सहित ३ जना पक्राउ

सोमवार , चैत्र १४, २०७८

सिन्धुली, – सिन्धुलीको घ्याङ्लेख गाउँपालिका ३ बन्दुरडाडा बाट १ थान भरुवा बन्दुक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हातहतियार लुकाई छिपाई राखिएको अवस्थामा इलाका प्रहरी कार्यलय बस्तीपुर बाट खटिएको प्रहरी टोलिले भरुवा बन्दुक सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कमलामाई नगरपालिका १२ को खोक्सीङका ३८ बर्षिय नेत्र बहादुर मोक्तान, कमलामाई नगरपालिका १२ रानीखोलाका ५३ बर्षिय तिर्थ बहादुर मगर र नुवाकोट जिल्ला सूर्यगढी गाउँपालिका १ का २६ बर्षिय कुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ ।

घ्याङ्लेख गाउँपालिका ३ बन्दुरडाडा स्थित निर्माणाधिन स्वास्थ्य चौकिको भबनमा काम गर्दै, सोहि भबनको नजिकै बासको टहरोमा बस्दै आएका भबनको ठेकदार र काम गर्ने मानिसहरुको साथमा हातहतियार लुकाई छिपाई राखिएको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बस्तिपुरबाट प्रहरी टोलि खटिई गई खान तलासी गर्दा उनीहरु सुतेको बिस्तारा मुनि लुकाई छिपाई राखिएको अबस्थामा भरुवा बन्दुक फेला पारीएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत सिन्धुली बाट दिन ७ (सात) म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया