शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

बस दुर्घटनामा सिन्धुलीको एक जनाको मृत्यू

आइतवार , चैत्र १३, २०७८

जनकपुरधाम– सर्लाहीमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुने चारजनामध्ये दुई जनाको सनाखत भएको छ ।

प्रहरीका मृत्यु हुने सिन्धुलीको तिनपाटन गाउँपालिका २ बस्ने ३० बर्षीया र्शिला कार्की श्रेष्ठ र भारतको वेतिया बेलसन्धि कोडार पिपरा पंचायत वस्ने २५ वर्षीय सुनिल यादव र रहेको प्रहरीले जनाएको छ ।

दु र्घटनामा मृ त्यु हुने एक जना पुरुष र एक जना महिलाको भने सनाखत हुन नसकेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

बीरगंजबाट जनकपुरधामतर्फ आउँदै गरेको ना.४ख ८५५५ नम्बरको बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिकास्थित फुलजोर पुलबाट तल खसेर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा ३२ जना घाइते भएका छन् । उनीहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया