सिन्धुली - सिन्धुलीमाढीमा महिला नेतृत्व तथा क्षमता विकास सम्बन्धी एक दिवसीय गोष्ठि तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको कार्यालय सिन्धुलीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । महिला नेतृत्व शसक्त बनाउन साथै गुणत्मकहिसाबले पनि अगाडि बढाउन सहयोग पु¥याने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।
कार्यक्रममा कमलामाई नगरपालिकाका वातावरण शाखा प्रमुख सागर कुमार ढकालले महिला हिंसाको विद्यमान अवस्था र रोगथामका उपाय, महिला हिंसा के हो ? हिंसाको कानुनी र सामाजिक उपाय, हिंसाको उत्कर्ष, घरेलु हिंसाको दिर्घकालीन परिणाम, त्यसको रोकथामका सामाजिक, आर्थिक, पारीवरिक र वैधानीक उपायका बारे जानकारी गराउनु भएको थियो । साथै उहाँले घरेलु हिंसाको दिर्घकालीन उपायहरु सुझबुझ र समझदारी बढाउने, समुह साथै सहकारी जस्ता खुल्ला सयन्त्रहरुको गतिविधिहरुलाई फराकिलो बनाउने, न्यायिक समितिको सक्रयता र पहुँचलाई संस्थागत बढाउने, सामाजिक कार्यवाहिको मान्यता संस्थागत गर्ने र कानुन शिक्षा प्रचार गर्ने लायतका उपायहरुको चर्चा गर्नुभएको थियो ।यस्तै घरेलु हिंसाका तत्कालीन उपाय बारे समेत जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा नेपाल बार एसोसिएसन सिन्धुलीका जंग बहादुर राइले नेपालको विद्यमान कानुनमा महिला अधिकारका बारे जानकारी गराउनु भएको थियो । उहाँले महिला अधिकार के हो ? कार्यन्वय गर्ने राज्यको कानुनमा कसरी समेटेको छ ? लिंगको आधारमा महिलाको प्राकृतिक अधिकार, अन्तराष्ट्रिय महिला अधिकार, मानव अधिकार (धारा १ देखि ३० सम्म) जानकारी गराउनु भएको थियो । साथै महिला अधिकार सम्बन्धी अन्तराष्ट्रिय कानुनी व्यवस्था (दस्तावेज), महिला अधिकारको प्राप्तका लागि विश्वव्यापी आन्दोलन पृष्टभुमि, महिला अधिकारको राष्ट्रिय कानुनी व्यवस्था, महिला अधिकारको बारेमा कुन ऐनमा के व्यवस्था लगाएतका विषयहरु जानकारी गराउनुभएको थियो ।
जिल्ला समन्वय समितिका उपप्रमुख सम्झना अधिकारी दनुवारको अध्यक्षता तथा जिल्ला समन्वय समितिका अध्यक्ष शखरराज वर्मा तिवारीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा दाहाल, स्थानिय तहका महिला उपप्रमुख, महिला जनप्रतिनिधि लगाएत राजनितिक दलका महिला नेतृहरुको उपस्थिति रहेको थियो ।