सिन्धुली - घ्याङ्लेख गाउँपालिकामा मावन अधिकार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार घ्याङ्लेख गाउँपालिकाको आयोजनामा कार्यक्रक सम्पन्न भएको हो ।
कार्यक्रमको बोल्दै घ्याङ्लेख गाँउपालिकाका अध्यक्ष जगतबहादुर भोलनले स्थानीय सरकार मानवअधिकार संरक्षण र प्रर्बद्धनमा प्रतिवद्ध रहेको बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्कीले गाँउपालिकालाई मानव अधिकारमैत्री कानुन निर्माण तर्जुमा प्रकृयालाई प्राथमिकता दिने गरेको उल्लेख गर्दे घ्याङलेख गाउपालिकाको मानवअधिकार सुधारका लागि नेपाल सरकारको पाँचौ मानवअधिकार राष्ट्रिय कार्ययोजनाले निर्दिष्ट गरे बमोजिम समिति गठन गरी सुधारको प्रारम्भ गर्ने बताउनुभयो ।
घ्याङलेक गाँउपालिकाका अध्यक्ष जगतबहादुर भोलनको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा स्वाधीनखवर पत्रिकाका प्रधान सम्पादक रुद्रबहादुर खडकाले कायक्रमको उदेश्य माथि प्रकास पार्दे सिमान्तीकृत नागरीकहरुलाई शसक्तीकरण गरी नागरिकलाई मुलप्रवाहमा समावेशी सहभागिता गराउन तथा अल्पसंख्यक नागरिको प्रभावकारी र सार्थक सहभागिताका लागि कार्यक्रम आयोजना गर्नु परेको बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले मानवअधिकार राष्ट्रिय कार्ययोजना, मानवअधिकारको अवधारणा, मानवअधिकारको विश्वब्यापी घोशणा पत्र, शिक्षाको अधिकार लगायतका विषयमा, प्रशिक्षण दिनु भएको थियो ।
यस्तै प्रशिक्षण कार्यक्रममा मानवअधिकार अधिकृत जायश्वर चापागाईले सुशासन र मानवअधिकार, मानव अधिकारमुखी विकास पद्धतीको विषयमा र लोकनाथ घिमिरेले राष्ट्रिय मानवअधिकार आयोगको संबैधानीक दायित्व, काम कर्तब्य र अधिकारका विषयमा प्रशिक्षण दिनुभएको थियो । सहभागिहरुको जिज्ञासाको उत्तर दिदै आयोगको बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले मानवअधिकार संस्कृतिको विकासका लागि सवै संग सहकार्य गर्न आग्रह गर्नुभयो ।
प्रशिक्षण कार्यक्रममा गाँउपालिकाका पदाधिकारी, विषयगत अधिकृत कर्मचारी, मेलमिलाप समितिका पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि, बिभिन्न विद्यालयका प्रध्यानध्यापक, शिक्षक, बिद्यार्थी र नागरीक समाजका प्रतिनिधि गरी ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रम पश्चात पालिका अध्यक्ष जगतबहादुर भोलनको अध्यक्षतामा मानवअधिकार राष्ट्रिय कार्ययोजना अनुगमन संयन्त्र समेत गठनभएको छ ।