सिन्धुली – नेपाली काँग्रेस सिन्धुलीका उपसभापति दीपक कुमार घिमिरेले कमलामाई नगरपालिकाकाले जनतालाई दुःख दिइरहेको बताउनु भएकोछ । एक टेलीभिजनलाई अन्तरवार्ता दिदै घिमिरेले अहिलेका जनप्रतिनिधि नगरपालिकामा निर्वाचित हुनासाथ यो स्थानीय सरकारले दोहोरो तेहेरो कर लिएर जनताको ढाड सेक्ने काम गरेर सबैभन्दा ठूलो गलत गरेको बताउनुभयो ।
कमलामाई नगरपालिकाकाले निर्वाचनका बेलामा गरेको प्रतिबद्धता समान्यतया पनि पूरा नगरेको आरोप लगाउँदै घिमिरेले विकास निर्माणको बजेट समेत कार्यकर्तामूखी भएको उहाँको भनाई थियो ।
कमलामाई नगरपालिकाको वर्तमान सरकार असफल भएको संकेत गर्दै उहाँले जनताले यी र यस्ता कुरा थाहा पाउनुपर्ने बताउनु भयो । जनताको सहजता र आकांक्षा पूरा गर्न आगामी निर्वाचनमा काँग्रेसले जित्नुपर्नेमा उपसभापति घिमिरेले जोड दिनु भयो । घिमिरे कमलामाई नगरबासी समेत हुनु हुन्छ । कमलामाई नगरपालिकामा २०७४ स्थानीय निर्वाचनमा नेकपा एमालेले जितेको थियो ।