शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ४ मा पुलको उदघाटन

शुक्रवार , चैत्र ११, २०७८

सिन्धुली – मरिण गाउँपालिका वडा नम्बर ४ स्थित ठुलिदमार र पांग्र्रेटार जोड्ने झोलुंगे पुलको उदघाटन भएको छ । शुक्रवार मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बम्जनले रिवन काटेर झोलुंगे पुलको उदघाटन गर्नुभएको हो ।

संघको ४० लाख २० हजार ७ सय २६ रुपैया,मरिण गाउँपालिकाको ५ लाख ७२ हजार ४८ रुपैया बजेट र ४९ लाख ९२ हजार ७ सय ७४ स्थानियको श्रमदान द्धारा १ सय १९ मिटर लम्बाई रहेको ठुलिदमार र पाङ्ग्रेटार जोड्ने झोलुंगे पुलको निर्माण गरिएको हो ।

झोलुंगे पुलको उदघाटन गर्नुहुदै मरिण गाउँपालिकाका अध्यक्ष बम्जनले चुनावको समयमा जनतालाई दिएको बचन पुरा गरेको बताउनु भयो ।

असार साउनमा पांग्रेटार बाट ठुलीटार स्थित बिद्यालयमा बिद्यार्थी,स्थानियबासी लाई आवात जावतमा जोखिमपुर्ण यात्रा गर्नुपर्ने बताउँदै ४ नम्बर वडाका वडा अध्यक्ष धन बहादुर स्याङ्तानले अव त्यो समस्या टरेको बताउनु भयो ।

दुई गाउँलाई जोड्ने पुल निर्माण भएपछि स्थानिय बासि भने खुसि भएका छन् । बर्षौ देखि खेपिरहेको संकट टरेको स्थानियले बताएका छन् ।

२०७६ साल जेठ १२ गते गते पुल निर्माणको लागी सम्झौता भएको थियो । पुल उदाटन कार्यक्रममा उद्योग बाणिज्य संघ मरिणका अध्यक्ष चिनध्वज बम्जन,वडा अध्यक्ष धन बहादुर स्याङ्तान लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया