सिन्धुली घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलनले आफुले प्रयोग गरेको गाडि कर्मचारीलाई जिम्मा दिनुभएको छ । विहिबार गाउँपालिकाका अध्यक्ष भोलनले सरकारी गाडि चडि पार्टीको भोट माग्न नहिड्ने भन्दै आफुले प्रयोग गर्दै आएको गाडि कर्मचारीलाई जिम्मा लगाउनु भएको हो ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्षले आफुले प्रयोग गर्दै आईरहेको सवारी साधन विहिबार देखि प्रयोग नगर्ने भएका छन् । आफुहरुले प्रयोग गर्दै आएको गाडि गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद कार्की लाई बुझाएउनु भएको थियो । जनप्रतिनीधीको कार्य अवधी सकिनु अगाडीनै पालिकाबाट प्राप्त सुविधा फिर्ता गर्ने उहाँहरु पहिलो हुनुहुन्छ ।
निर्वाचनको आचार संहिता लागु नभए पनि गाउँपालिका प्रति बफादार बनेर सेवा प्रवाह गर्दै गर्दा जनता बाट प्राप्त बिश्वासलाई मध्यनजर गर्दै कार्यलय प्रयोजनको लागि दिइएको सेवा समय अवधी अगावै गाउँपालिकालाई नै फिर्ता गरिएको गाउँपालिका अध्यक्ष जगत बहादुर भोलनले बताउनुभयो ।अब हुने निर्वाचनलाई सम्बोधन गर्न, एउटा संस्कारको बिकास गराउन र सरकारी सम्पत्तीको दुरुपयोग नहोस भन्नको लागि पनि गाडी हस्तान्तरण गरिएको उहाँले भनाई थियो ।
गाउँपालिका अध्यक्ष जगत बहादुर भोलनले २०७४ सालबाट र उपाध्यक्ष दुर्गा देवि सुनुवारले २०७६ सालबाट गाडीको प्रयोग गर्दै आउनु भएको थियो । स्थानीय तहको निर्वाचनको मिति घोषणा भए संगै जनप्रतिनिधी हरु ५ बर्ष सम्म आफूले गरेको कामको समिक्षा गर्न थालेका छन् ।
आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि आफ्नो कार्यकालमा भएका राम्रा कामको प्रचार प्रसार गर्दै जनप्रतिनिधीहरु नागरिक समक्ष पुगी रहेका छन् । आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि यही चैत १५ गतेदेखि चुनाव आचार संहिता लागू हुँदैछ ।