सिन्धुली – चोरी अभियोगमा फरार रहेका दुई अभियुक्तलाई सिन्धुली प्रहरीले ५ वर्षपछि पक्राउ गरेको छ ।
साविक सिन्धुली कमलामाई न.पा.२ हाल कमलामाई नगरपालिका वडा नं.४ साङ्बाले बस्ने बिर बहादुर तामाङको छोरा बर्ष २८ को भिम बहादुर स्याङ्तान र सोहि मुद्दामा संलग्न जिल्ला सिन्धुलि साबिक कमलामाई न.पा. ५ हाल कमलामाई न.पा.४ सातपत्रे बस्ने भरत बस्नेतको छोरा बर्ष २७ को सबिन बस्नेत प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
खोज तलास गर्दै जाँदा मिति बिहिवार विहान अन्दजी .०९;४० बजेको समयमा कमलामाई नगरपालिका वडा नं.६ स्थित अधेरी पुल बाट हिडीरहेको अबस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी र्कालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामालेजानारी दिनु भयो । निजलाई तत्काल पक्राउ गरी आवश्यक कारवाहीको लागि बिहिवारनै सम्मानित जिल्ला अदालत सिन्धुलीमा पेश गरेको लामाले बताउनु भयो ।
निज हरुलाई सम्मानित सिन्धुली जिल्ला अदालतको मिति २०७३/०५/०७ गतेको फैसला (लगत नं.९६२) ले दिन १० कैद र रू ३५०००।– जरीवाना फैसला गरेकोमा अभियुक्त हरु हाल सम्म सम्म फरार रहेका थिए ।