शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका बराललाई फसाउने एसएसपीलाई कारबाही गर्न सिफारिस

बिहिवार , चैत्र १०, २०७८

काठमाडौँ – कानुनी प्रक्रियामा लगिनुपर्ने चेक फिर्ता दिएको घटना छानबिन गर्न गठित समितिले महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहलाई कारबाही गर्न सिफारिस गरेको छ ।

एसएसपी सिंहले ‘जुवाडे’बाट बरामद २ करोड २९ लाखको चेक कानुनी प्रक्रिया नलगेर फिर्ता गरेका थिए । अपराध अनुसन्धान विभागका डीआईजी राजेश कुमारलाल कर्ण नेतृत्वको समितिले छानविन पुरा गरेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाएको हो । २०७८ पुस १३ मा गठन भएको समितिले प्रतिवेदन बुझाउँदै एसएसपी सिंहले आचरण विपरित त्रुटिपूर्ण काम गरेको ठहर गरेको छ ।

छानविन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा गएको बताइएको छ । असोज २२ मा सिन्धुलीका राजकुमार बराल र सुभाष भेटवाल बानेश्वरस्थित ‘९९ आना’ नामको घरजग्गा कारोबार गर्ने अफिसमा जुवा खेलेका थिए । त्यहाँ आफुलाई बोलाएर मदिरामा अखाद्य वस्तु मिसाएर खुवाएको र ७ थान चेक चोरेको भन्दै बरालले उजुरी गरेका थिए ।

असोज २५ मा काठमाडौं प्रहरीले सुभाष भेटवालबाट २ करोड २९ लाखको बैंक अफ काठमाडौंको चेक बरामद गरेको थियो । सो चेक जुवा खालमा काटेको र जुवा खेलेको सिसिटिभी फुटेजमा देखिएपनि एसएसपी अशोक सिंहले करिब ३ महिना आफुसँगै राखेर सो चेक भेटवाललाई फिर्ता दिएका थिए ।

प्रतिक्रिया