शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

वडा अध्यक्ष लामाप्रति सिन्धुलीमा श्रद्धाञ्जली सभा

बुधवार , चैत्र ९, २०७८

सिन्धुली­ सिन्धुलीको मरिण गाउँपालिका –६ कपिलाकोटका वडाअध्यक्ष कुरसाङ लामाको पार्थिव शरीरमा माओवादी केन्द्र सिन्धुलीका नेताहरुले अन्तिम श्रद्धान्जली दिएका छन् ।

मंगलवार वडाअध्यक्ष लामाकै निजी निवास मरिण गाउँपालिका –६ बाँझ डाँडामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेल, जिल्ला ईन्चार्ज राजन दाहाल, जिल्ला संयोजक राम कुमार पौडेल, मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जन, माओवादी केन्द्र मरिण गाउँकमिटिका ईन्चार्ज बिमर्श मोक्तान, अध्यक्ष गोपाल बुढाथोकी लगाएतले पार्टीको झन्डा ओढाएर सम्मान गर्नुभएको थियो ।

२०३५ सालमा जन्मनु भएको लामा आफ्नो उमेरको १४, १५ बर्ष देखिनै राजनितीमा लाग्नु भएको थियो । कसैसंग नरिसाउने हसिलो स्वभावको लामा जनताको काममा निरन्तर लागीरहनुभएको थियो । उहाँ २०७४ सालको स्थानिय तहको चुनावमा माओवादी केन्द्रबाट वडा अध्यक्षमा विजयी हुनुभएको । शोक सभामा पूर्व कृषि मन्त्री हरिबोल गजुरेल, बागमती प्रदेश सांसद लेखनाथ दाहाल (राजन), मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जन, हरिहरपुरगढी गाउँपालिका अध्यक्ष कार्साङ लामा लगायतले उहाँको ब्यक्तिगत स्वभाव तथा राजनितिक यात्राको बिययमा चर्चा गर्नुभएको थियो ।

सोमवार दिउँसो उहाँलाई वडा कार्यालयमा सेवा प्रवाह गरीरहेको बेला हृदयघात भएको थियो । उपचारका लागि कपीलाकोट प्राथमिक स्वास्थ्य चौकीमा पु¥याउँदा चिकित्सकले लामाको मृत्यु भइसकेको घोषणा गरेका थिए । उहाँको मृत्युमा मरिण गाउँपालिकाले मंगलवार गाउँपालिकामा सार्वजनिक बिदा दिएको थियो ।

वडा अध्यक्ष लामाको बुवा, आमा , एक श्रीमती र पाँच जना छोराहरु रहेका छन् । उहाँका पार्थीव शरिर अहिले निजि निवासमै राखीएको र बौद्ध धर्म अनुसार आगामी १० गते अन्तीम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया