शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा अवैध गाँजा सहित दुई जना पक्राउ

मंगलवार , चैत्र ८, २०७८

सिन्धुली¬ – सिन्धुलीमा प्रहरीले लागु औषध गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरिक्षकको कमाण्डमा १० जनाको प्रहरी टोलीले आइतबार मरिण गाउँपालिकाबाट लागु औषध गाँजा सहित दुइ जनालाई नियन्त्रणमा लिएको हो ।

विशेष सुचनाको आधारमा प्रहरीले मरिण गाउँपालिका २ सानो गर्दवा का अन्दाजी ४० वर्षिय दल बहादुर मोक्तान र सोहि स्थानका १८ वर्षिय पेम्बा दोर्जे जिम्बालाई अवैध गाँजा सहित निन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलाय सिन्धुलीले जनाएको छ ।

दल बहादुर मोक्तानको साथबाट २४ किलो ९६ ग्राम गाँजा र पेम्बा दोर्जे जिम्बाको साथबाट ५किलो ०७ ग्राम गाँजा फेला पारेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई लागू–औषध गाँजा सहित नियन्त्रणमा जिल्ला अदालतबाट दिन ७ म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया