शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु

सोमवार , चैत्र ७, २०७८

सिन्धुली, – मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका २ मा मोटरसाइकल दुर्घटना दुदाँ एक जनाको मृत्यु भएको छ । भिमान बाट डकाहा तर्फ जादै गरेको मोटरसाइकल दुर्घटना हुँदा मोरङ जिल्ला साविक इटहरा गा.वि.स. २ का २२ बर्षिय अविशेक भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रदेश १–०२–०४४ प ५००९ नम्बरको मोटरसाइकल मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका २ गागनमा आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ३५ फिट तल खसी दुर्घटना भएको प्रहरी जनाएको छ । दुर्घटनामा परेका भट्टराईलाई ओम शाहि मेडिकल चन्दनपुरमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया