शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका एक वडाध्यक्षको मृत्यु

सोमवार , चैत्र ७, २०७८

सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष कुरसाङ लामाको मृत्यु भएको छ । सोमबार दिउँसो वडाध्यक्ष लामाको हृदयघातका कारण मृत्यु भएको हो ।

उहाँलाई दिउँसो वडा कार्यालयमा हृदयघात भएको थियो । उपचारकालागि कपलिाकोट प्राथमिक स्वास्थ्य चौकीमा पुर्‍याउँदा चौकीले लामाको मृत्यु भइसकेको घोषणा गरेको थियो । उहाँले २०७४ सालको स्थानिय तहको चुनावमा माओवादी केन्द्रबाट वडाध्यक्षमा विजयी हुनुभएको थियो ।

प्रतिक्रिया