शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

प्रा.डा.शर्मालाई प्रचण्डले भने ‘८१ वर्ष हुनु भएछ, अब छिट्टै गर्नु होला ।’

सोमवार , चैत्र ७, २०७८

सिन्धुली– डाक्टर साहेब कतिवर्षको हुनु भयो, म अघि हरिबोल जी स“ग सोध्दै थिए । माओवादी केन्द्रकाअध्यक्षएवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले काठमाडौं विश्व विद्यालयका पूर्व उपकुलपति प्रा.डा. शुरेसराज शर्मालाई प्रश्न गर्नु भयो । प्रा डा. शर्मा बाट जवाफ आयो म ८१ वर्षको भए । ठट्यौलीपारामा अध्यक्ष दाहालले भन्नु भयो, “८१ वर्षको हुनु भएछ, अब छिटै गर्नु पर्ने देखिन्छ ।” हल हासोले गुञ्जयमान भयो । अध्यक्ष दाहाल र पूर्व उपकुलपति शर्मा पनि खित्का छोडेर हा“स्नु भयोे ।

डा. शर्माले नै प्राविधिक विश्वविद्यालयको घोषणा भए धेरै काम गर्न बा“की रहने बताएपछि अध्यक्ष दाहालले कति उमेर भयो भनेर सोध्नु भएको थियो । सगै रहनु भएका हरिबोल गजुरेल र गोविन्द गजुरेलले पनि अध्यक्ष दाहाललाई हासी मजाकमा साथ दिनु भएको थियो । प्रा.डा. शर्माको शारिरीक अवस्था र प्राविधिक विश्वविद्यालय बनाउने काम धेरै बा“की रहेकाले समय धेरै लाग्ने बताए पछि अध्यक्ष दाहालले उमेर सोध्नु भएको थियो । सिन्धुलीका स्थानीय प्रा.डा. शर्मा सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटका अध्यक्ष हुनु हुन्छ ।

सिन्धुलीको कमलामाई नगरपालिका ६ को नुनथलामा रहेको सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटलाई प्राविधिक विश्वविद्यालय बनाउन प्रा.डा. शर्माले अध्यक्ष दाहाललाई सहयोगको अपेक्षा रहेको भन्दै प्राङणमै स्वागत गर्नु भएको थियो । इन्स्टिच्यूटको कार्यालय भवनमा अध्यक्ष दाहालस“ग पूर्व उपकुलपति शर्मा, संचालक गोविन्द गजुरेल र प्राचार्य अम्मरदीप देवकोटाले आफ्ना माग प्रस्तुत गर्नु भएको थियो । तपा“इहरु जस्तो वौद्धिक जगत लागि पर्दा राष्ट्रिय, अन्तर्राष्ट्रिय सहयोग जुटाउन सजिलो हुने भएकाले हरिबोल जी र म सकेको सहयोग गर्छौ भनेर अध्यक्ष दाहालले वचन वद्धता प्रकट गर्नु भएको थियो ।

नेपालमा प्राविधिक विश्वविद्यालय एउटा खोल्ने भनेर तपा“ईहरुले बनाउनु भएको धारणा बहुआयामीक भएकाले मैले शिक्षा मन्त्री स“ग कुरा गरेको छु, अध्यक्ष दाहालले भन्नु भयो, “प्रधानमन्त्रीस“ग पनि थोरै कुरा भएको छ ।” संचालक गजुरेलले नुनथलामा ६ विगाह जग्गाको भोगाधिकार पाएको र १० विगाह जग्गा १३ किलोमिटर दुरीमा वडा नं ८ मा खरिद गरेको अध्यक्ष दाहाललाइ प्रष्टयाउनु भएको थियो । दुई दिन अघि शिक्षामन्त्री देवेन्द्र पौडेलले पनि इन्स्टिच्यूटको भ्रमण गर्नु भएको थियो । प्राचार्य देवकोटा अनुसार नर्सिङ अध्यापनको स्विकृत र प्राविधिक विश्वविद्यालयको अध्यक्ष दाहाल आएको मौका पारी माग गरेको बताउनु भयो ।

प्रतिक्रिया