शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

काँग्रेस दुधौलीले टुंगो लगायो वडा अध्यक्षको उम्मेदवार

आइतवार , चैत्र ६, २०७८

सिन्धुली – आगामी २०७९ वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा दुधौली नगरपालिका वडा नं. ८ को वडा अध्यक्ष पदमा काँग्रेसले उम्मेदवार टुंगो लगाएको छ ।

आईतवार बसेको नेपाली काँग्रेस दुधौली नगरपालिका वडा नं. ८ वडा कार्य समितिको वडा भेलाले दुधौली नगरपालिका ८ को वडा अध्यक्षमा केशव वराललाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको वडा सचिव लक्ष्मण खड्काले जानकारी दिनु भयो ।

राजनितिमा करिव ३ दशक देखी क्रियाशिल रहेका बरालसँगै तुलसी प्रसाद भट्टराई, शम्भु दाहाल र रित बहादुर ठकुरी नेपाली काँग्रेसबाट वडा अध्यक्षको दौडमा हुनु हुन्थ्यो । वडा अध्यक्षको उमेदवार सर्वसम्मत सिफारिस गर्ने निर्णय भएपनी वडा सदस्य पदका उम्मेदवार भने अर्को वैठकबाट टुंगो लगाइने वडा सचिव खड्काले जानकारी दिनु भयो ।

प्रतिक्रिया