सिन्धुली– नेपाली काँग्रेसको एक महिने घर घर जाऔँ काँग्रेस जिताऔँ अभियानको शनिवार सिन्धुलीमा पनि उदघाटन भएको छ । सिन्धुलीका लागि प्रतिनिधि मुक्ता कुमारी यादवले शनिवार एक कार्यक्रम बिच उक्त अभियानको औपचारिक कार्यक्रम गरी अभियान सुरु गर्नु भएको हो ।
कार्यक्रम फागुन २९ गते नै सुरुहुनुपर्ने भएता पनि यादव विविध व्यस्तताका कारण सिन्धुली आउन ढिँलाइ हुँदा केही दिन पछि प्रारम्भ भएको हो । जिल्लामा रहेका दुईवटै संघीय निर्वाचन क्षेत्रको ७९ वटा वडाका सबै टोल समितिसम्म औपचारिक कार्यक्रम गरी अभियान सुरु गर्न लागिएको हो ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै अभियान सुरु गरिएको नेपाली काँग्रेस सिन्धुलीका सभापति उपेन्द्रपोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनसँगै समाजमा एमसिसीबारेको भ्रम चिर्नका लागि अभियान सुरु गरिएको हो ।”
अभियानमा प्रत्येक निर्वाचन क्षेत्रमा जिल्ला कार्यसमितिका दुई प्रतिनिधिसहित काँग्रेस नेता तथा कार्यकर्ता परिचालन गरिने पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक टोल, वडा तहमा ती नेता एवं कार्यकर्ता पुगेर सर्वसाधारणलाई एमसिसीका विषयमा भएको भ्रम चिर्ने र काँग्रेसका उम्मेदवारलाई मतदान गर्न प्रेरित गर्ने छन् ।
अभियान चैत २९ गतेसम्म सञ्चालन गरिने छ । अभियानका क्रममा क्षेत्र, प्रदेश र वडास्तरमा जागरणका कार्यक्रम सञ्चालन गरिने र टोलटोलमा नेपाली काँग्रेसको टोल कार्यसमिति गठन गरी पार्टी संगठनलाई जनस्तरसम्म पु¥याइने छ ।