सिन्धुली– सिन्धुलीको सुनकोशी गाउँपालिका १ स्थित दुम्जामा रहेको कुशेश्वर महादेव मन्दिर परिसरमा सरसफाई तथा बत्ति जडान गरिएको छ ।
काठमाडौँबाट झण्डै २२ जना युवाहरुको टोलीले मन्दिर क्षेत्रको सरसफाई र बत्ति जडान गरेका हुन् । कोमल अग्रवालको अग्रसरतामा ‘ब्रदर्स ग्रुप’ नामक सामाजिक संस्थाको टोलीले मन्दिर क्षेत्रमा एक दर्जन बत्ति जडान गरेका हुन् । मन्दिर क्षेत्रमा बत्ति नहुँदा समस्या रहेको र बत्ति जडान भएपछि अध्यारोमा भक्तजनकालागि पुजा गर्न सहज हुने स्थानिय रघुविर खड्काले बताउनुभयो । साथै, मन्दिर परिसरमा भेटिएका दर्शनार्थीले ब्रदर्स ग्रुपको सामाजिक कार्यको प्रशंसा गरेका थिए ।
उक्त संस्थाले यसअघि पनि मन्दिर क्षेत्रको सरसफाई, अनाथाश्रममा सहयोग लगायतका सामाजिक कार्य गर्दै आएको छ ।