सिन्धुली¬ कमलामाई नगरपालिका ४ मल्लागाउँमा निर्माण सम्पन्न भएको प्रतिक्षालय उद्घाटन गरिएको छ । कमलामाई नगरपालिका ४ का वडा अध्यक्ष महेन्द्र ढकालले शनिबार प्रतिक्षालय उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा प्रतिक्षालय निर्माणको लागि जग्गा दान दिनुहुने स्थानिय देविमायाँ अधिकारीलाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो । देवीमाया अधिकारीले आफ्नो स्वर्गिय श्रीमानको सम्झनामा प्रतिक्षालय निर्माणका लागि जग्गा दान दिनुभएको थियो । झण्डै ५० लाख बराबरको ७ धुर जग्गा दिइ सामाजिक कार्य गरेको भन्दै वडा अध्यक्ष ढकालले अधिकारीलाई सम्मान गर्नुभयो ।
उहाँले अहिले सामाजिक कार्य गर्ने व्यक्ति कम हुदै गएको अवस्थामा देवी मायाँले गर्नुभएको सहयोगबाट अरुले पनि सिक्ने विश्वास व्यक्त गर्नुे भयो । अब छिटै नि प्रतिक्षालय नजिकै लोप हुदै गएका ढिकि, जातो लगाएत परम्पराग सामाग्री राखिने हल भन्ने वडा अध्यक्ष ढकालले बताउनुभयो ।
वडा कार्यालयको ३ लाख ५० हजार आर्थिक सहयोगमा प्रतिक्षालय निर्माण भएको हो । प्रतिक्षालय निर्माण भएसँगै स्थानियलाई विभिन्न कार्यक्रम, बठैक, विश्राम गर्न, मनोरन्जनका विभिन्न कार्यक्रम गर्न सजिलो भएको भन्दै खुसि व्यक्त गर्नुभयो ।