शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

स्थानिय निकाय कर्मचारी संगठनको अध्यक्षमा सुदिप केसी

आइतवार , चैत्र ६, २०७८

सिन्धुली,– स्थानिय निकाय कर्मचारी संगठन सिन्धुलीको पाँचौ जिल्ला अधिवेशनले सुदिप केसीलाई सर्वसम्मत चयन हुनु भएको छ ।

केसी अध्यक्षमा गठनभएको जिल्ला समितिको उपाध्यक्ष द्वयमा इन्द्र गौतम, कपिल थापा,सचिव उद्धवप्रसाद आचार्य,कोषाध्यक्ष मनोजकुमार सोयाल,सहसचिव अन्जु काफ्लेर सदस्यहरुमा क्रमश मिलन श्रेष्ठ,एकवहादुर कोइराला,मिथलेस प्रसाद ठाकुर,निर्मला मग्राती,चिना वुढाथोकी,अमृत माझी हुनु हुन्छ ।

यस्तै राजकिशोर साह,जसमान स्याङ्गतान,दिपक खड्का,सुमित्रा कार्की,राजकुमार माझी,दानवहादुर रजन,दण्डपानी भण्डारी,सुनिता गिरी,जनकराज दाहाल,खोटप्रसाद पहाडी,मीनवहादुर अछामी,सन्तोष राज पौडेल,मानवहादुर समाल,शान्ती घलान र सुस्मीता प्याकुरेल चयन भएका छन् ।

यस अघि अधिवेशनको उदघाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानिय निकायका कर्मचारीको माग सम्वोधन गर्न संघियता विरोधी राजनितिक दलको कारण गर्न नसकिएको वताउनुभयो ।

सिंहदरवारको अधिकार गाँउ गाउँमा पु¥याउने हाम्रो उदेश्यलाई नेकपाको सरकारको नेतृत्वको सरकार हुँदा केपीओलीले व्यवास्ता गर्दा कार्यान्वयन गर्न नसकिको अध्यक्ष प्रचण्ड बताउजु भयो । अधिकार सम्पन्न स्थानिय निकाय वनाउन सधै ओली वाधक भएको उहाँको भनाई थियो । स्थानिय निकायमा सवै अधिकार प्रत्यायोजन भए स्थानिय निकायका कर्मचारीको हरेक मुद्धा स्थानिय तहले हल गर्ने अध्यक्ष प्रचण्डले भन्नु भयो ।

प्रतिक्रिया