शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

माओवादी केन्द सिन्धुलीको पार्टी कार्यालय भवन आज प्रचण्डले उद्घाटन गर्ने

शनिवार , चैत्र ५, २०७८

सिन्धुली – नेकपा (माओवादी केन्द्र)को कमलामाई नगरपालिका वडा नम्बर ६ दुई नम्बर बजारमा रहेको पार्टी कार्यालय आज माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने कार्यक्रम छ । करिब पौने दुई करोड सहयोग संकलन गरी पार्टी कार्यालय निर्माण गरेको हो ।

भवन निर्माणको लागि हालसम्म एक करोड ८० लाख रुपैयाँ खर्च भएको जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन)ले ग्लोबल मिडियालाई जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालय निर्माणका लागि एक हजार दाताहरुले सहयोग गरेका छन् ।

हालसम्म रकम सहयोग गर्ने भनिएका सबै दाताबाट रकम प्राप्त नभएको र २ करोड १५ लाख रुपैयाँ उठ्ने अनुमान गरिएको उहाँले बताउनुभयो । भवनको केही निर्माण बाँकी रहेकोले सम्पूर्ण काम सकिन २ करोड १० लाख रुपैयाँ लागत अनुमान रहेको माओवादी केन्द्र सिन्धुलीले जनाएको छ ।

चार तले नवनिर्मित भवनमा १४ वटा कोठा, एउटा हल र एक किचन कोठा रहेका छन् । उक्त भवन निर्माण ६ महिनाअघि निर्माण थालिएको थियो । इञ्चार्च दाहालले भवन निर्माण सकिएपछि सबै खर्च विवरण सार्वजनिक गरिने पनि बताउनुभएको छ ।

प्रतिक्रिया