शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा अवैध लागूऔषध सहित एक जना पक्राउ

शुक्रवार , चैत्र ४, २०७८

सिन्धुली – सिन्धुलीमा अवैध लागूऔषध खैरो हेरोइन र गाजाँ सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँं महानगरपालिका ३१ रातोपुल घर भई दुधौली नगरपालिका–९ दुधौली बस्ने २८ वर्षीय रमेश महतो रहेका छन् ।

दुधौली नगरपालिका–९ दुधौली बजारस्थित स्ट्यान्डर होटलबाट करिब १ ग्राम ९ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र करिब ५५ ग्राम अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ सहित महतोलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

रमेशसँग लागूऔषध रहेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले तलासी गर्दा उनको साथबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया