सिन्धुली¬ – नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सिन्धुली आउने कार्यक्रम स्थगित भएको छ । अध्यक्ष प्रचण्डको व्यस्तताका कारण सिन्धुली आउने कार्यक्रम स्थगित भएको नेकपा माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज लेखनाथ दाहाल(राजन)ले जानकारी दिनुभयो ।
शुक्रबार (आज) माओवादी केन्द्रका अध्यक्ष दाहाल सिन्धुली आउनुहुने कार्यक्रम थियोे । शुक्रवार कमलामाई नगरपालिका–४ ढुंग्रेवास दोभानटारमा रहेको सिन्धुली विद्याश्रम सार्वजनिक शैक्षिक गुठीको नवनिर्मित दुई वटा विद्यालय भवन उदघाटनका लागि प्रचण्ड आज दिउँसो १ बजे सिन्धुली आई पुग्ने कार्यक्रम थियोयो ।
भवन उदघाटन पछि अपराह्न ४ बजेपछि सिन्धुली उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी सहित जिल्लाका उद्योगी व्यवसायीहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम तय भएको थिया । आज
अध्यक्ष प्रचण्ड र शिक्षामन्त्री पौडेलले आज नै कमलामाई नगरपालिका –६ नुनथलामा रहेको सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटको पनि अवलोकन गर्ने कार्यक्रम रहेको थियो ।
अध्यक्ष प्रचण्डले भोली शनिवार नेकपा माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उदघाटन गर्ने कार्यक्रम रहेको छ । पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, सर्मथकहरुबाट आर्थिक सहयोग जुटाएर नेकपा माओवादी केन्द्र सिन्धुलीको चार तले पार्टी कार्यालय भवन निर्माण सम्पन्न भएको छ ।
विद्याश्रम सार्वजनिक शैक्षिक गुठीको नवनिर्मित दुई वटा विद्यालय भवन उदघाटन गर्ने कार्यक्रममा प्रचण्ड भौतिक रुपमा उपस्थित हुन नसके पनि भर्चुअल सम्बोधन गर्नुहुनेछ । उक्त विद्यालयको भवन शिक्षा मन्त्री देवेन्द्र पौडेलले उदघाटन गर्ने इन्चार्ज दाहालले बताउनुभयो । अध्यक्ष प्रचण्ड भोलि शनिवार बिहान ११ः०० बजे नेकपा माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उदघाटन गर्न सिन्धुली आउने कार्यक्रम तय भएको छ । प्रचण्ड हेलिकोप्टर मार्फत पार्टी कार्यालयको भवन उदघाटन गर्न आउने इन्चार्ज दाहालले बताउनुभयो ।