शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज सिन्धुली आउदै

शुक्रवार , चैत्र ४, २०७८

सिन्धुली, – नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शिक्षामन्त्री आज सिन्धुली आउने ह्नु भएको छ ।

नेकपा माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उदघाटन र एक विद्यालयको भवन उदघाटन गर्नका लागि अध्यक्ष प्रचण्ड र शिक्षामन्त्री देवेन्द्र पौडेल सिन्धुली आउन लाग्नु भएको हो ।

कमलामाई नगरपालिका–४ ढुंग्रेवास दोभानटारमा रहेको सिन्धुली विद्याश्रम सार्वजनिक शैक्षिक गुठीको नवनिर्मित दुई वटा विद्यालय भवन उदघाटनका लागि प्रचण्ड आज दिउँसो १ बजे सिन्धुली आई पुग्ने नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेलले जानकारी दिनु भयो ।

गजुरेलका अनुसार भवन उदघाटन पछि सिन्धुलीका उद्योगी व्यापारीसँग अध्यक्ष प्रचण्डले आज नै भेटघाट गर्ने कार्यक्रम रहेको छ । आज अपराह्न ४ बजेपछि सिन्धुली उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी सहित जिल्लाका उद्योगी व्यवसायीहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको गजुरेलले बताउनु भयो ।

अध्यक्ष प्रचण्ड र शिक्षामन्त्री पौडेलले आज नै कमलामाई नगरपालिका –६ नुनथलामा रहेको सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटको पनि अवलोकन गर्ने कार्यक्रम रहेको गजुरेलले बताउनु भयो । अध्यक्ष प्रचण्ड आज बेलुका सिन्धुलीमाढी नै बस्नुहुनेछ ।

अध्यक्ष प्रचण्डले भोली शनिवार नेकपा माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उदघाटन गर्ने कार्यक्रम रहेको छ । पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, सर्मथकहरुबाट आर्थिक सहयोग जुटाएर नेकपा माओवादी केन्द्र सिन्धुलीको चार तले पार्टी कार्यालय भवन निर्माण सम्पन्न भएको छ ।

प्रतिक्रिया