शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

जंगली माहुरीले टोकेर सिन्धुलीका १६ जना घाईते

बिहिवार , चैत्र ३, २०७८

सिन्धुली – चितवनमा मंगलबार जंगली माहुरीले टोकेर सिन्धुलीका १६ जना घाइते भएका छन् । पूर्वीचितवनको रत्ननगर नगरपालिका–६, स्थित चितवन राष्ट्रिय निकुञ्ज सेक्टर कार्यालयको कम्पाउण्ड भित्र हात्ती हेर्न गएका १६ जना घाइते भएको मरिण गाउँपालिका ७ का कृष्ण नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

एक्कासी जंगली खाग माहुरीले टोकेर घाइते भएपछि उनीहरुलाई रत्ननगर बकुलहर अस्पतालमा लगिएको थियो । घाइते भएका मध्ये दुई जनाको अवस्था मध्यम रहेपनि सबैको सामान्य उपचार पश्चात डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

घाइते श्रेष्ठका अनुसार सिन्धुलीबाट घुम्नकालागि चितवन गएको टोलीमाथि एक्कासि जंगली माहुरीले टोकेको थियो । माहुरीले टोक्न थालेपछि आफू भागेको तर माहुरीले एक किलोमिटर टाढासम्म पनि नछोडेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुईजना त बेहोस नै हुनुभयो । तत्काल अस्पताल नलगेको भए, तल माथि हुने संभावना थियो ।’ उपचार गरेको सम्पूर्ण खर्च अस्पतालले नै व्यहोरेको उहाँले बताउनुभयो । उक्त ठाउँमा केहि साताअघि पनि पर्यटकलाई माहुरीले टोकेको जानकारी आफूले पछि पाएको श्रेष्ठले बताउनुभयो । निकुञ्जको लापर्वाहीका कारण झण्डै ज्यान गएको उहाँले बताउनुभयो । अस्पतालबाट बुधबार डिस्चार्ज भएर १६ जनाको टोली सिन्धुली फर्किसकेको श्रेष्ठले जानकारी दिनुभयो ।

घाइते हुनेमा सिन्धुली कमलामाई नगरपालिका–४ वस्ने वर्ष ४५ की तुलसा श्रेष्ठ , सोही स्थानका ४६ का केदार श्रेष्ठ , वर्ष ६० की शान्ता श्रेष्ठ , मरिण गाउँपालिका–७ बस्ने वर्ष ६५ को कृष्ण नारायण श्रेष्ठ, ३२ वर्षिया दिपक माझी,३५ वर्षिया शारदा श्रेष्ठ, ६० वर्षिया धन कुमारी श्रेष्ठ, ३५ वर्षिया काजीलाल श्रेष्ठ र सोहि वर्षको भगवती श्रेष्ठ रहेका छन् । यसैगरि, अन्य घाइते हुनेमा ५३ वर्षिया दान बहादुर श्रेष्ठ,३५ वर्षिया कल्याण श्रेष्ठ , तिनपाटन गाउँपालिका–२ का २७ वर्षियासुजाता श्रेष्ठ, मरिण गाउँपालिका–७ का तीन वर्षिया कबिर श्रेष्ठ, ९ वर्षिया राधा श्रेष्ठ, ५ वर्षिया राधिका श्रेष्ठ र ७ वर्षिया पारु श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया