सिन्धुली – सिन्धुलीमाढीमा पत्रकार अञ्जन राना मगरको सम्झनामा दीप प्रज्वलन गरिएको छ । नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले उहाँको १० औं पुण्य तिथीका दिन बुधवार साँझ दीप प्रज्वलन गरेको हो ।
दीप प्रज्वलनमा नेपाली काँग्रेसका सभापति उपेन्द्र पोख्रेलले पत्रकार अञ्जनको मृत्युले सिंगो जिल्लालाई नै क्षति पुगेको बताउनुभयो । बालबच्चाको पालन पोषणका सवालमा आफूले गर्न सक्ने सहयोग गर्ने बताउँदै उहाँले पत्रकार महासंघ सिन्धुलीले अक्षयकोषको स्थापना गर्न पनि सुझाव दिनुभयो ।
रानाको रिपोटिङमा जाने क्रममा फागुन २३ गते बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका २ ढुंग्रेभञ्ज्याङमा मोटरसाइकल दुर्घटनामा परि २७ वर्षको उमेरमा निधन भएको थियो । प्रेस चौतारी नेपाल सिन्धुली शाखाका सह–सचिव समेत रहनु भएका राना सिन्धुलीको रेडियो साहारा बाट पत्रकारीता सुरु गर्नु भएका रानाले रेडियो सिन्धुलीगढीमा निकै लामो समय सम्म काम गर्नु भएको राना हाल रेडियो शिद्वबाबा रार्यरत हुनु हुन्थ्यो थियो । उहाँ स्रोता माझ निकै लोक प्रिय बन्नु भयो ।
एक निडर, ब्यवसायिक, पेशाप्रति इमान्दार, कुशल, उर्जाशील र जुझारु युवा पत्रकार राना छोटो समयमा धेरै माझ परिचित हुनुहथ्यो । उहाँको श्रीमती र एक नावालिका छोरी छन् ।
फोनीजको सहयोग हस्तान्तरण

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा सिन्धुलीका कार्यसमिति सदस्य अन्जन राना मगरको परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ ।
फोनिज बागमती प्रदेशकोे अगुवाईमा संकलन भएको एकमुष्ट ७७ हजार १ सय २६ रुपैँया सहयोग रकम बागमती प्रदेश समितिका अध्यक्ष युवराज श्रेष्ठले रानाको घरमै पुगेर उहाँको परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।
सामाजिक संजाल फेसबुक म्यासेन्जरमार्फत सहयोज अभियान चलाएर फोनिज जिल्ला शाखाहरु र फोनिजकर्मी पत्रकारहरुबाट संकलन भएको उक्त रकम स्वर्गीय रानाको परिवारलाई हस्तान्तरण गरिएको फोनिज बागमती प्रदेशका कोषाध्यक्ष शंकर श्रेष्ठले बताउनुभयो ।
त्यस्तै सिन्धुली जिल्ला शाखाले ३ लाखको अन्जन राना स्मृति अक्षयकोष स्थापना गर्ने भएको छ । रानाको छोरीको एसईईसम्म पढाई विद्यालयले निःशुल्क गराउने भएको छ । रेडियो सिद्धबाबा सिन्धुलीका कार्यरत राना १० वर्ष अघिदेखि पत्रकारितामा सक्रिय रहनुभएको थियो ।