सिन्धुली – सिन्धुलीमा होली लक्षित गरेर झण्डै ३ सय प्रहरी परिचालन गरिने भएको छ । जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन २ सय ७७ जना प्रहरी परिचालन गर्न लागिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक विमलराज कडेलले होलीमा जिल्लाको शान्ति सुरक्षामा कुनै कमी आउन नदिन प्रहरीलाई उच्च सतर्कतामा राखिएको बताउनुभयो । प्रहरीले होली लक्षित गरेर सुरक्षा योजना तयार गरेको छ । जसअन्र्तगत कुनै अप्रिय घटना हुन नदिन कमाड पोष्ट टिम, रिजर्भ टिम, क्विक रेस्पोन्ट टिम, ट्राफिक चेकिजाँचका लागि ५ टिम, अनुगमन टिम, मोबाइल गस्तिका लागि ६ टिम, १० पैदल गस्ति टिम, २३ मोटरसाइक गस्ति टिम, ३३ पिकेट युटि टिम र ६ साधा पोषक टिम कटाइने छ । उच्छृंखल गतिविधि गर्ने, इच्छाविपरीत लोला हान्ने, रङ दल्नेमाथि निगरानी गर्न झण्डै एक सयभन्दा बढीको संख्यामा परिचालन गरिने छ
ट्राफिक प्रहरीसमेत सवारी व्यवस्थापन तथा चेकजाँचमा खटिने जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख जेजंग कार्कीले बताउनुभयो । नियमित परिचालन गरिने प्रहरीभन्दा थप संख्यामा होली लक्षित गरेर मात्र खटाइने उहाँको भनाइ छ । ट्राफिक प्रहरीले मापसे चेक गर्ने, ट्राफिक नियमविपरीत सवारी चलाएको हेलमेट नलगाई सवारी चलाएको जस्ता क्रियाकलाप नियन्त्रण गर्नेछ । त्यस्ता क्रियाकलाप गर्ने सवारीलाई दिनभर नै होड गरि राखिने प्रमुख कार्कीले बताउनुभयो ।
यात्रामा निस्किएका व्यक्तिहरु, बाटोमा हिँडिरहेका महिला तथा बालबालिकाहरुलाई होलीको नाममा दुःख दिने, हैरानी दिने गरेको पाइएमा तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ । रमाइलो गर्ने क्रममा रंग जथाभावी खेल्दा आँखाको दृष्टि गुम्ने, कानको जाली फुट्ने, एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्ने भन्दै पर्वलाई मर्यादित रुपमा मनाउन स्थानीयहरूलाई प्रहरीले आग्रह गरेको छ ।
होली मनाउने नाममा जबर्जस्ती रङ दल्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरेर गाडी चलाउने, होहल्ला गर्ने जो कोहीलाई कानुन अनुसार कारबाही गर्ने प्रहरीले जनाएको छ । आत्मियता र सद्भाव फैलाउने गरि गतिविधि गरे एक सय नम्बरमा फोन गरेर प्रहरीले सघाउन समेत अपिल गरेको छ ।
यस्तै होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले मनाउन उपरिक्ष कडेलले सम्पूर्णलाई अनुरोध गर्नु भएको छ ।