शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

कमलामाई नगरपालिका ४ मा प्राथमिक उपचार केन्द्र संचालन

बुधवार , चैत्र २, २०७८

सिन्धुली¬– कमलामाई नगरपालिका ४ मा प्राथमिक उपचार केन्द्र संचालन भएको छ । कमलामाई नगरपालिका ४ कुडुलेमा समुदायबाट संचालित प्राथमिक उपचार केन्द्रको सेवा मंगलबारबाट संचालन भएको हो ।

वडा नम्बर ४ को ७ लाख लागतमा उक्त केन्द्रको भवन निर्माण हो । उपचार केन्द्रका लागि स्थानिय केदार श्रेष्ठले जग्गा उपलब्ध गराउनु भएको थियो । विभिन्न सहयोगितादाताको सहयोगमा प्राथमिक औषधि लगायतका आवश्यक सामाग्री जुटाइएको स्थानियले बताएका छन् । यस्तै, उपचार केन्द्र संचालनका लागि अर्को व्यवस्था नभएसम्म हाल निशुल्क रुपमा सपना कुमारी श्रेष्ठ अहेव, राधा अधिकारी अनमि, भावना श्रेष्ठ र रोजिना दिङदोङले काम गर्ने प्रतिवद्धता गर्नुभएको छ ।

कमलामाई नगरपालिका ४ कुडुले भुगोलका आधारमा अस्पतालबाट टाडा रहेको साथै सामान्य समस्या भएमा घण्टौलगाइ अस्पताल पुग्नु पर्ने समस्या समाधानका लागि प्राथमिक उपचार केन्द्र स्थापना गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र ढकालले बताउनुभयो । उहाँले उपचार केन्द्रमा आवश्यक सामाग्री साथै औषधि आफुले सकेसम्म सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो । साथै उहाँले प्राथमिक उपचार केन्द्रलाई नेपाल सरकारको मातहतमा ल्याउनका पहल गर्ने बताउनुभयो । नजिकै स्वास्थ्य सेवा लिन पाएपछि स्थानिय हर्सित भएका छन् ।

प्रतिक्रिया