सिन्धुली– प्रथम बाग्मति प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष तथा महिला भलिबल प्रतियोगिता आजदेखि चितवनको माडी नगरपालिकामा शुरु भएको छ ।मंगलवार भएको दुबै समुहको खेलमा सिन्धुलीले जित हासिल गरेको खेलाडी इस्वर दाहालले जानकारी दिनुभएको छ मंगलवार पुरुष तर्फको भलिबल प्रतिस्पर्धामा सिन्धुलीले धादिङलाई २–० को सेट मा पराजित गर्दै क्वाटरफाइनलमा प्रबेस गरेको छ । सिन्धुलीले आज क्वाटरफाइनल रसुवासँग खेल्ने छ ।
यसैगरी महिला तर्फ पनि सिन्धुली क्वाटरफाइनलमा प्रबेस गरेको छ । मंगलवार भएको खेलम रसुवा र ललितपुरलाई २–० को सोझो सेट मा पराजित गरेको छ । अबको क्वाटरफाइनल खेल मकवानपुरसँग खेल्ने दाहालले बताउनुभयो ।