शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

२५ देशलाई उछिन्दै सिन्धुलीका विश्वकर्मा बने प्रथम

मंगलवार , चैत्र १, २०७८

सिन्धुली­ - कोरियाली मित्रता संघ KFA_ UK बेलायतको आयोजनामा भएको निवन्ध लेखन प्रतियोगितामा सिन्धुलीका भुपेन्द्र विश्वकर्मा प्रथम भएका छन् ।

प्रतियोगिता प्रतिस्पर्धामा विश्वका २६ देशबाट सहभागिता रहेको थियो । विश्वका सबै प्रतिस्पर्धिलाई उछिन्दै नेपालका भुपेन्द्र विश्वकर्मा प्रथम हुन सफल भएका हुन् । सन् २०२१ डिसेम्बरमा भएको उक्त निवन्ध लेखन अनलाईन प्रतियोगिताको नतिजा भर्खर प्रकाशन भएको हो । सो प्रतिस्पर्धाको पुरस्कार, प्रमाण पत्र र केही उपहारहरु हुलाक मार्फत प्राप्त भएको विश्वकर्माले बताउनुभयो । विश्वभरबाट सहभागी मध्ये प्रतिश्पर्धा गरेर प्रथम हुँदा सिन्धुलीका भुपेन्द्र विश्वकर्मा निकै उत्साहित बनेका छन् । प्रतियोगिताबाट प्रथम हुन सफल भएका विश्वकर्मा आगामी दिनमा समेत यस किसिमका प्रतियोगितामा सहभागिता जनाउन थप उत्प्रेरित बनेका छन् ।

भुपेन्द्र विश्वकर्मा प्रख्यात र लोकप्रिय अंग्रेजी भाषा प्रशिक्षक हुन् । उहाँले अंग्रेजी भाषा सिक्न सजिलो हुने वैज्ञानिक प्रणालीको विकास गर्नुको साथै अंग्रेजी भाषाका विभिन्न किताबहरु समेत लेख्नु भएको छ । विश्वकर्माले सिन्धुलीमाढीमा विगत नौं वर्ष देखि आफैले London institute of English language संचालन गर्नु भएको छ । लण्डन भाषा सेन्टरमा पढ्ने सबैखाले विद्यार्थीलाई ३ महिनाभित्र बोल्न, पढ्न र लेख्न, बुझ्न र उल्था गर्न सक्षम बनाउने उहाँको दावी छ । गैर राजनीतिक, सहयोगी र उद्धारवादी स्वभावका भुपेन्द्र विश्वकर्माले अंग्रेजी भाषाको लागि सिन्धुलीमा नेपालको सबैभन्दा राम्रो अंग्रेजी भाषा संस्था बनाउन सक्षम हुनुभएको छ ।

कोरियाली मित्रता संघ KFA_ UK प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) को सामाजिक, साँस्कृतिक तथा जनजिवन सँग सम्बन्धित अध्ययन गर्ने उदेश्यले स्थापना गरिएको एउटा स्वयंसेवी संस्था हो । यसले कोरियाको बारेमा सत्य, तथ्य जानकारी समेत उपलब्ध गराउँछ ।

प्रतिक्रिया