शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा सुबिधा सम्पन्न धमिजा मिट मार्ट प्रा. लि. संचालन

मंगलवार , चैत्र १, २०७८

सिन्धुली­ सिन्धुलीमा सुबिधा सम्पन्न धमिजा मिट मार्ट प्रालिले संचालन भएको छ । सोमबार एक कार्यक्रमका बिच प्रालिको सेवा सुचारु गरेको हो । कमलामाई नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण बहादुर खड्का र सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले संयुक्त रुपमा रिवन काटेर धमिजा मिट मार्ट प्रालि उद्घाटन गर्नुभएको थियो ।

स्वच्छ सफा आजको आवश्यकता भन्ने मुल उदेश्यले मिट मार्ट प्रालि संचालनमा ल्याइएको ब्यवसायी गोबिन्द खड्काले जानकारी दिनुभयो । धमिजा मिट मार्ट प्रालिका अध्यक्ष गोपाल प्रसाद पौडेलले अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका उद्योगी, ब्यवसायी, ब्यापारी, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

प्रालिले जिल्लामा आधुनिक प्रबिधिमा स्वच्छ र सफा तरीकाले ब्रोइलर कुखुराको मासु उत्पादन तथा विक्रि वितरण गर्ने छ ।

प्रतिक्रिया