सिन्धुली– काठमाडौँ उपत्यकामा विभिन्न स्थानबाट ठूलो परिमाणको अवैध लागुऔषधसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषधको अवैध कारोबार भइरहको छ भन्ने सूचनाका आधारमा उपत्यकाको विभिन्न स्थानबाट दुई हजार ७०० एम्पुल लागूऔषधसहित १० जनालाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले आइतबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।
काठमाडौँको गोकर्णश्वरबाट लागूऔषधसहित सिन्धुलीका प्रकाश जिम्बालाई पक्राउ गरिएको छ । काठमाडौँ महानगरपालिका १६ बालाजुबाट नुवाकोटका ३८ वर्षीय श्याम गुरुङ, काठमाडौँको नागर्जुनबाट मोरङका सोनाम तामाङ, काभ्रेका सनम राजभण्डारी र बाग्लङका सुवर्ण मल्ललाई पक्राउ गरिएको जनाइएको छ ।
त्यस्तै, पर्सा घर भएकी रङमतीदेवी पटेललाई बालाजुबाट एक हजार ६५० एम्पुलसहित लागुओैषधसहित पक्राउ गरिएको छ । लागुऔषध कारोबारमा संलग्न सोलुखुम्बुका सबिनकुमार श्रेष्ठ, सर्लाहीका देव शेख र दोलखाका रोशन कुँवरलाई पक्राउ गरिएको छ ।
देव शेख र सोनाम तामाङ भने लागुऔषध मुद्दामा दोषी ठहर भई कैद भुक्तानी गरेर छुटेका व्यक्ति हुन् । उनीहरुको विषयमा आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।