सिन्धुली – सिन्धुलीमा आइतवार भएको छुट्टा छुट्टै दुघटनामा परी दूई जनाकोमृत्यू भएकोछ । विवाहको जन्ति बोकेको टिफर दुर्घटना हुर्दा घटना स्थलमै एकको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । दुधौली नगरपालिका ५ सिर्थौली बाढी गाउँबाट विहेको जन्ती लिएर उदयपुर तर्फ जादै गरेको ना ३ ख ७४९० नम्बरको टिफर आइतबार राति अन्दाजि साढे ८ बजेको समयमा ठाकुुर खोला पुलमा आफै अनियन्त्रित भइ दुर्घटना हुदाँ घटना स्थलमै एकको मृत्यु भएको छ भने २५ जना घाइते भएका हुन् ।
घाइते मध्ये ३ को अवस्था गभिर छ । उनीहरुको उपचारका लागि राति नै सिन्धुली अस्पताल ल्याएको जिल्ला अस्पताल सिन्धुलीको व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरलले जानकारी दिनुभयो । घाइते अरुको सिर्थौली स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बाकिँ घाइतेको स्वास्थ्य अवस्था हेरेर सिन्धुली अस्पताल पठाइने छ । घटना बारे थप अनुसन्धान भइरहेको छ ।
मोटसाइकल दुर्घटना हुदाँ एकको मृत्यु
यसैगरी सिन्धुलीमा मोटसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । आइतबार डकाहबाट भिमान तर्फ आउँदै गरेको प्रदेश १०४००१ प १६०६ को मोटसाइकल दुधौली नगरपालिका २ गागन पुलमा आफै अनियन्त्रीत भइ दुर्घटना हुदाँ घटनास्थलमै एकको मृत्यु भएको हो ।
दुर्घटनामा परि भोजपुरमा कार्यरत प्रहरी जवान २८ वर्षिय अभिनाश राइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ ।