सिन्धुली पाँच वर्ष कार्यकालमा शिक्षाको क्षेत्रमा परिर्वतन गर्न सफल भएको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बताउनुभएको छ । शनिबार शिक्षा, स्वास्थ्य महिला बालबालिका जेष्ठ नागरिक तथा विकास निर्माण सम्बन्धी एक दिवसिय अभिभावक शिक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुर्दै अध्यक्ष बम्जनले यस्तो बताउनु भएको हो ।
स्थानिय सरकार आएपछि शिक्षाको क्षेत्रमा सुधार भएको उहाँको भनाई छ । विद्यालयमा आवश्यक खानेपानी, खेलमैदान, विद्यालय भवन, खेलकुदका सामाग्री, दक्ष शिक्षक, विषयगत शिक्षक साथै शिक्षिकाको व्यवस्थाले शिक्षा क्षेत्रलाई मजबुद बनाएको उहाँले बताउनुभयो । गाउँपालिकाको ४८ वटा सामुदायिक विद्यालयमा बालविकास केन्द्र स्थापना भएका साथै बालविकास सहजकर्ताको मनोबल बढाउन महिनाको १३ हजार दिरहेको उहाँले बताउनुभयो । शैक्षिक क्षेत्रलाई गुणस्तर बनाउनका लागि स्थानिय पाठेक्रम र शिक्षा योजना निर्माण गरिएको अध्यक्ष बम्जनले जानकारी गराउनुभयो । हरेक विद्यालयमा विद्यार्थी आधार अनुसार साथै विषयगत शिक्षकको व्यवस्था, शैक्षिक सुधार कार्यक्रम अन्र्तगत शिक्षकको मनोवल बढाउन मासिक भत्ता उपलब्ध गराइरहेको उहाँको भनाइ छ । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय सम्म पु¥याएको उहाँले बताउनुभयो । पाँच वर्षको अवधिमा शिक्षा क्षेत्रमा गाउँपालिकाले मात्र १२ करोड ९० लाख ९३ हजार ४ सय खर्च गरेको छ ।
साथै गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा पनि परिर्वतन गर्ने सफल भएको उहाँले बताउनुभयो । “पालिकाका प्रत्येक वडामा स्वास्थ्यचौकि निर्माण गरेका छौँ । दक्ष जनशक्ति सहित प्रत्येक स्वास्थ्यचौकिमा केहि औषधी निशुल्क पठाएका छौँ । हिजोको दिनमा घण्टौ हिडेर स्वास्थ्य सेवा लिने नागरिकले अहिले आफ्नै ठाउँमा सहज रुपमा सेवा लिरहेका छन् । एकल महिला, जेष्ठ नागरिक, अपांग र अनाथ बालबालिकालाई निशुल्क अतिरिक्त औषधि र स्वास्थ्य विमाको व्यवस्था गरेका छौँ ,” उहाँले भन्नुभयो ।
मरिण गाउँपालिकाले पाँच वर्षको अवधिमा स्वास्थ्यमा ६ करोड १३ हजार २ सय खर्च गरेको छ । गाउँपालिकाले एक घर, एक धारा निर्माणको काम सुरु गरेको अध्यक्ष बम्जनले बताउनुभयो । पालिका क्षेत्र विभिका सम्पूर्ण नागरिकलाई खानेपानीको पहुँचमा पु¥याउन एक घर, एक धाराको कामलाई आगडि बढाएको उहाँको भनाइ छ । पाँच वर्षको अवधिमा गाउँपालिकाले खानेपानीमा ४ करोड ५८ लाख २९ हजार ३ सय ४२ खर्च गरेको छ, लक्षितमा ३ करोड ३२ लाख ९ हजार ८५, भवन निर्माणमा १० करोड १६ लाख ९८ हजार, पर्यटनमा २ करोड ६९ लाख ४ सय, कृषिमा ६ करोड ९२ लाख ३८ हजार, सिंचाइमा २ करोड ४६ लाख ५३ हजार९ सय १४, सडकमा २१ करोड ३९ लाख ९६ हजार २७ रुपैया र अन्यमा १५ करोड २५ लाख २५ हजार खर्च गरेको छ ।
यस्तै, सघिय सरकारको एक प्रदेश, एक स्थानिय कार्यक्रममा मरिण गाउँपालिका छनोट भएको अध्यक्ष बम्जनले बताउनुभयो । कार्यक्रममा स्थानिय सरकारको कामको समिक्षा गर्दै मरिण गाउँपालिका ४ खयरसालका प्रधानध्यापक राम वाबु थापाले विद्यालयमा अझै विषयगत शिक्षकको अभाव रहेको बताउनुभयो । उहाँले स्थानिय सरकारले शिक्षा क्षेत्रमा केहि परिवर्तन भने गरेको बताउनुभयो । गाउँपालिका सुविधा सम्पन्न विद्यालयको भवन, दरबन्द अनुसारको शिक्षक ल्याउन पहल, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन गरिएको पहल साथै शिक्षकको मनोबल बढाउन भत्ताको व्यवस्था, स्थानिय पाठेक्रम निर्माण लगाएतका परिर्वतन भएको उहाँले बताउनुभयो । “शिक्षाका क्षेत्रमा हिजो भन्दा केहि राम्रो त भएको तर भने अनुसार भएको छैन, ग्रामिण क्षेत्रमा शिक्षक नियुक्त गरेपनि केहि समयमै उक्त शिक्षक राम्रो ठाउँ सरुवा भइहाल्ने, अंग्रेजि र विज्ञान विषयका शिक्षक अभाव छ ,” उहाँले भन्नुभयो । सहभागि शिक्षकहरुले गाउँपालिकाले विकास निर्माणका काम भन्दा बढी शिक्षाको क्षेत्रलाई प्राथमितामा राखेर काम गरेको भन्दै खुसि व्यक्त गरेका थिए । गाउँपालिकाले समग्र विकास निर्माण, खानेपानी, पर्यटन, कृषि लगाएत महिला बालबालिका र जेष्ठ नागरिकको क्षेत्रमा सकरात्मक परिर्वतन गर्न सफल भएको सहभागिहरुले बताएका छन् ।
कार्यक्रममा महिला बालबालिका, जेष्ठ नागरिक, शिक्षा र स्वास्थ्यको क्षेत्रमा गाउँपालिकाले गरेको कामको बारेमा जानकारी गराइएको थियो । आ.व ०७८÷०८९ मा गाउँपालिकाबाट शिक्षा, स्वास्थ्य, महिला बालबालिका, नागरिकको क्षेत्रमा स्वीकृत मुख्य मुख्य कार्यक्रमको चर्चा गर्दै ५ वर्षमा गाउँपालिकाले विकास निर्माणको क्षेत्रमा गरेका लगानी, हालको उपलब्धी बारे सरोकारवालाहरुलाई जानकारी गराउन कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । साथै शिक्षाको महत्व बताउँदै बालबालिकालाई अनिवार्य रुपमा वि द्यालयमा भर्ना गर्न, शैक्षिक सामाग्री पोशाक र खाजाको प्रवन्ध गर्न सरोकारवालाई प्रेरित गर्ने कार्यक्रमको आयोजना गरिएको मरिण गाउँपालिकाको शिक्षा शाखा प्रमुख नबराज बरालले बताउनुभयो । कार्यक्रममा शिक्षक, स्वास्थ्यकर्मी, राजनितिक दलका प्रनिनिधि लगाएत स्थानियहरुको सहभागिता रहेको थियो ।