सिन्धुली– सिन्धुलीमा प्रहरीले बन मुद्धामा फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलिले सिन्धुली मरिण गाउँपालिका वडा नं ६ स्थित महेश्वत्तामा लुकिछिपी हिड्दै गरेको अवस्थामा बुधवारं.शिहान ०७ः४५ बजेको समयमा फेला पारी पक्राउ गरेको हो ।
अदालतकोे आदेशले कैद तोकेदेखी देखि फरार रहेका मरिण गाउँपालिका वडा न. ३ का अन्दाजी ३६ बर्ष कि बिमला वाईबा , सोहि स्थानका ५१ बर्षको हिराकाजी श्रेष्ठ, बर्ष ४२ कि सुन्तली माया वाईबा र बर्ष ६१ को हरि ब.वाईबा लाई बुधवारर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकोछ ।
प्रहरीको अनुसार जिल्ला अदालत सिन्धुलीले अदालतको मिति २०७१।१२।०३ गतेको आदेशले बन मुद्धामा बिमला वाईबा, हिराकाजी श्रेष्ठ, सुन्तली माया वाईबालाई १० दिन र हरि ब.वाईबा, दिन ३ कैद सजाय तोकेको थियो । पक्राउ परेका चारै जनालाई अदालत सिन्धुलीमा बुझाइएको छ ।