शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

भगवती अंग्रेजी आवासीय माविले मनायो ११२ औँ नारी दिवस

बुधवार , फाल्गुण २५, २०७८

सिन्धुली – “आजको लंैंगिक समानता : भोलिको दिगो भविष्य” भन्ने मूल नाराका साथ ११२ औँ अन्तराष्ट्रिय नारी दिवस भव्यताका साथ मनाइएको छ ।

यसै सन्र्दभमा शैक्षिक उन्नयनकालागी जिल्लामा लामो समयदेखि ख्यातिप्राप्त भगवती अंग्रेजी आवासीय माध्यमिक विद्यालय, माढीबजार¬, सिन्धुलीले मंगलवार विहान ८ बजे प्रभातफेरी र दिउँसो विविध कार्यक्रम गरी नारी दिवस मनाएको छ । बिहान ८ बजे विद्यालय प्रांगणबाट ब्यानर तथा प्ले–कार्ड सहित शुरु भएको प्रभातफेरी कार्यक्रम जिल्लाका मुख्यव्यापारिक केन्द्र २ नम्बर बजार, गैरी बजार, १ नं बजार, स्टल बजार हुँदै लोकतान्त्रिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

विद्यालयका शिक्षक टंकध्वज थापाले सञ्चालन गर्नु भएको सभामा कक्षा ९ का विद्यार्थी रोशन सुवेदीले नारी दिवसका सन्दर्भमा लेखिएको दमदार कविता वाचन गर्नु भएको थियो भने सोही कक्षाकी प्रज्वला गिरी, कक्षा ६ का अन्विश दहाल, कक्षा ८ का जुनिशा कार्की तथा कक्षा ११ मा अध्ययनरत अन्जली पण्डितले महिला प्रति गरिने भेदभाव, सामाजिक हिंसा, दुव्र्यवहारको उल्लेख गर्दै महिलाले गरेका उल्लेखनीय कार्यहरुको समेत तुलनात्मक मन्तव्य व्यक्त गर्नु भएको थियो ।

शैक्षिक संयोजक सन्तोष श्रेष्ठको नेतृत्वमा रहेको प्रभातफेरी कार्यक्रम, संलग्न शिक्षक,विद्यार्थी भाइ बहिनीहरु, पत्रकार तथा सुरक्षाकर्मीहरुलाई सहयोगकालागि धन्यवाद दिदै समापन भएको थियो ।

यसै बिच मंगलवार दिउँसो विद्यालय प्राङ्गणमा विविध कार्यक्रमका साथ विद्यालयमा कार्यरत सबै तहका महिला शिक्षक तथा कर्मचारीहरु लाई नारी दिवसका सन्दर्भमा विद्यालयका शेयरधनी बन्धुराज तिम्सिनाले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया