शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीे मरिणका महिलाहरुलाई बाख्रा उपहार

मंगलवार , फाल्गुण २४, २०७८

सिन्धुली, – सिन्धुलीको मरिण गाउँपालिकाले महिलाहरुलाई बाख्रा वितरण गरेको छ । ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गाउँपालिकाले चार वडाका ५३ जना महिलाहरुलाई दुई दुई वटाका दरले १०६ वटा बाख्रा वितरण गरेको हो ।

गाउँपालिकाले वडा नं. ३, ४, ६ र ७ का महिलाहरुलाई जिवीको पार्जनमा सहयोग पुर्याउनका लागि बाख्रा वितरण गरेको हो ।

मरिण गाउँपालिका, हेफर ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र हेन्ड्स नेपाल सिन्धुलीद्धारा संचालित साझेदारीमा कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत गठन भएका समुहमा आबद्ध महिलाहरुलाई बाख्रा वितरण गरिएको मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनले बताउनुभयो ।

महिलाहरुलाई पारीजातक्रस र खरी जातका बाख्रा वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ । मरिण गाउँपालिकालाई बाख्रा पकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य अनुसार बाख्रा पालन कृषकहरु बढाउनका लागि महिलाहरुलाई बाख्रा वितरण गरिएको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो ।

प्रतिक्रिया