सिन्धुली – सिन्धुलीमा प्रहरीले फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले सवारी ज्यान मुद्दामा कसुरदार भई सिन्धुली अदालतले कैद सजाय तोकिसकेको फरार रहेका तिनपाटना गाउँपालिका ९ का ३९ वर्षिय लोक बहादुर क्याप्छकी मगरलाई पक्राउ गरेको हो ।
मगरलाई जिल्ला अदालत सिन्धुलीले सवारी ज्यान मुद्दामा सात दिन कैद सजाय तोकेको थियो । कैद सजाय नभोगि फरार रहेका मगरलाई तिनपाटना गाउँपालिका ९ आफ्नै घरबाट पक्राउ गरी अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सिन्धुली राखिएको प्रहरीले जनाएको छ ।