शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा धुलो उडाएको भन्दै चालकमाथि निर्घात कुटपिट,(हेर्नुस भिडियो)

सोमवार , फाल्गुण २३, २०७८

सिन्धुली – सिन्धुलीको चकमके सडक खण्ड अन्र्तगत शाखामाढीमा स्थानियले बाटो अवरुद्ध गरेका छन् । तीनपाटन गाउँपालिका –११ अकाशेमा प २¬०३००१ त २०८२ नम्बरको ट्याक्टरले बाटोमा धुलो उडाउँदै चलाएको भन्दै तीनपाटन गाउँपालिका –५ शनिका ट्याक्टर चालक राजु श्रेष्ठलाई कुटपिट गरेकाले दोषीलाई कारबाहिको माग गर्दै स्थानियले सोमबार विहान ६ बजेबाट बाटो अवरुद्ध गरेका हुन्.।

स्थानिय बरुण घिमिरेका अनुसार ट्याक्टर पछाडि आउँदै गरेको बाइकमा सवार अज्ञात समुहले धुलो उडाएको निउँमा ट्याक्टर चालकलाई कुटपिट गरि गम्भिर घाइते बनाएका हुन् । घाइते चालकको टाउँकोमा चोट लागेको छ । उहाँको सिन्धुली अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

दोषीलाई कारबाहि नभए सम्म बाटो खुल्ला नगर्ने स्थानियले अडान लिएका छन् । बाटो खुलाउनका लागि प्रहरी टोलि पठाईसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक विमराज कडेलले बताउनुभयो । साथै उहाँले घट्नाको अनुसन्धान गरेर दोषीलाई कारबाहिको दायरामा ल्याउने बताउनुभयो ।

प्रतिक्रिया