शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा ८ वर्ष देखि फरार रहेका चार प्रतिवादी पक्राउ

सोमवार , फाल्गुण २३, २०७८

सिन्धुली­- सिन्धुलीमा प्रहरीले ८ वर्ष देखि बन मुद्धामा फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलिले ०७० साल देखि बन मुद्धामा फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको हो ।

२०७० साल देखि बन मुद्धामा फरार रहेका मरिण गाउँपालिका वडा न. ३ का अन्दाजी ५२ वर्षिय ईन्द्र मोक्तान, सोहि स्थानका ४७ वर्षिय काईला सिंह वाईबा, ४३ वर्षिय सन्चीमाया वाईबा र ६० वर्षकि आधिमाया घलानलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो ।

उनीहरुलाई जिल्ला अदालत सिन्धुलीले २०७० मा बन मुद्धामा १० दिन कैद सजाय तोकेको थियो । पक्राउ परेका चारै जनालाई अदालत सिन्धुलीमा बुझाइएको छ । उनीहरुको १० दिन कैद भुक्तान बाँकी रहेको कारण जिल्ला कारागर सिन्धुलीमा चलान भएको डिएसपि लामाले बताउनुभयो ।

प्रतिक्रिया