शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा शहिद सम्झना दाहालको २९ औँ स्मृति दिवस मनाइयो

सोमवार , फाल्गुण २३, २०७८

सिन्धुली– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववीयू) ले सहिद सम्झना दाहालको २९ औँ स्मृती दिवस मनाएको छ । आइतबार सिन्धुलीमाढीमा सहिद सम्झना दाहालले शाहदत प्राप्त गरेको दिनको स्मृतिमा विभिन्न कार्यक्रमको अयोजना गरि दिवस मनाएको हो ।

सहिद दाहालको सम्झनामा वक्तित्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । वक्तित्वकला प्रतियोगितामा विजयी हुनेलाई नगद सहित सम्मान गरिएको थियो । ‘राजनैतिक‘ परिवर्तनमा शहिदको योग्दान’ शिर्षकमा सम्पन्न वक्तित्वकलामा प्रथम हुन सफल सुनकोशि माध्यमिक विद्यालयमा अध्ययनरत प्रकाण्ड तोलंगेलाई दुई हजार, दोश्रो हुने शिद्धबाबा मा.वि, पानीट्यांंकिकी अनिशा थापालाई १५ सय, तेश्रो हुने गौमती माविकि नमुना चालिसेलाई एक हजार र सान्तोवना पुरस्कार प्राप्त गर्ने सिन्धुली बहुमुखि क्याम्पसका सन्जिता सुनुवारलाई पाँच सय नगदसहित सम्मान गरिएको थियो ।

यस्तै, कार्यक्रममा अनेरास्ववीयूले ‘सहिद सम्झना दाहाल स्मृति प्रतिष्ठान’ दर्ता गरि संचालन गर्न प्रक्रिया शुरु गरेको जनाएको छ । स्मृति प्रष्ठिानमा कुल ५ लाख ५५ हजर ५५५ रुपैँया संकलन गरि प्रतिष्ठान शुरुवात गर्ने लक्ष्य लिएको अनेरास्ववीयू कोषाध्यक्ष सन्तोष घिमिरेले बताउनुभयो । सहिद दाहालको पिता शेषराज दाहालले प्रतिष्ठानकोलागि १ लाख ११ हजार १११ रुपैँया सहयोग गर्ने बताउनुभयो । सो प्रतिष्ठानले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई आर्थिक सहयोग गरिने अनेरास्ववीयू सिन्धुलीका कोषाध्यक्ष सन्तोष घिमिरेले बताउनुभयो ।

अनेरास्ववियू सिन्धुलकिा अध्यक्ष कृष्ण मुक्तानको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला सहईन्चार्ज कमलजंग राईको प्रमुख आतिथ्यता, शहिद दाहालको बुवा शेषराज दाहालको विशेष आतिथ्यता, नेकपा एमाले प्रदेश कमिटी सदस्य शान्तिमान कार्की, नेकपा एमाले सिन्धुलीका अध्यक्ष कुमार बहादुर कार्की , निवर्तमान अध्यक्ष प्रदिप कटुवाल, अनेरास्ववीयू सचिवालय सदस्य दिपेश बराल लगायतको उपस्थिीतिमा स्मृति सभा आयोजना गरिएको कोषाध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

राष्ट्रघाती टनकपुर सन्धीका विरुद्धको शान्तिपूर्ण आन्दोलनका क्रममा दाहालले शाहदत प्राप्त गरेकी हुन । २०४९ साल फागुन २२ गते सम्पूर्ण प्रगतिशील घटकहरुले टनकपुर सन्धी राष्ट्रघाती भएको ठहर गर्दै संयुक्त रुपमा सञ्चालन गरेको शान्तिपूर्ण आन्दोलनका क्रममा तत्कालिन सरकारले अन्धाधुन्ध गोली बर्साउँदा बुवा आमाकी एकमात्र छोरी एवं दुई भाइकी एक्ली दिदी १४ बर्षीया नाबालिका विद्यार्थी सम्झना दाहालको ज्यान गएको थियो ।

प्रतिक्रिया