सिन्धुली– सिन्धुलीमा शनिबार पौडी खेल्नेक्रममा एकजना बेपत्ता भएका छन् । सिन्धुलीको फिक्कल गाउँपालिका ४ खाङसाङ नजिकै सुनकोशी नदिमा नुहाउने क्रममा नदिमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
तीनजना साथीहरुसँग सुनकोशीमा पौडी खेल्न गएका उदयपुरको कटारी नगरपालिका ४ जडिका २७ वर्षिय रबिन तामाङ बेपत्ता भएको प्रहरीले जनाएको छ । तामाङसँगै उदयपुर कटारी ३ का २० वर्षिय जोन लामा र सोहि ठाउँ बस्ने २४ वर्षिया मिलन राई नुवाउन सुनकोशी नदिमा गएका थिए । ईलाका प्रहरी कार्यालय खुर्कोट र प्रहरी चौकी खाङसाङको संयुक्त प्रहरी टोलीले बेपत्ता तामाङको खोजि गरिरहेको छ ।