शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

नेपाल टेलिकमको लापबाहि, विद्युत विस्तार भइसक्दा पनि टावर चार्ज गर्न सोलारको प्रयोग (भिडियो)

बिहिवार , आश्विन २१, २०७८

सिन्धुली – तिनपाटन गाउँपालिकामा नेपाल टेलिकमको टावरमा चार्ज सकिने समस्या आएको एक वर्ष भयो । सोलारको भरमा चल्दै आएको तिनपाटन गाउँपालिका १० सिकारिथुम्काको नेपाल टेलिकमको टावर हाल विद्युत विस्तार भइसक्दा समेत सोलारको भरमा नै चल्दा यस्तो समस्या आएको हो ।

५ महिना अगाडि विद्युत्को राष्ट्रिय प्रशासरण लाइन विस्तार भइसक्दा पनि टावरलाई सोलारबाट चार्ज गरिदै आएको छ । सोलारको पावर कम हुदै गएको र वर्षा साथै बादलको कारण चार्ज नहुँदा नेटवर्क विच्छेद हुने र नागरिक सञ्चार सेवाबाट वञ्चित भइरहेका छन् । टावरमा चार्ज सकिने समस्या आउँदा सो क्षेत्रका नागरिक सञ्चार सम्पर्क बिहिन बनेको गुनासो गरेका छन् । तिनपाटन गाउँपालिकाका उत्तिम बहादुर नेपालीले भन्नुभयो, “एक वर्ष भयो यस्तो समस्या आएको । पानी पर्दा वा बादल लाग्दा नेटवक दिदैन् । घाम लागेको दिन कहिले काहीँ मात्रमा नेटवर्क दिन्छ ।” नेटवर्क नहुदाँ २ घण्टा हिडेर फोन गर्न जानु पर्ने उहाँले गुनासो गर्नुभयो । “कहिले काहिँ गाउँमा कोहि बिरामी प¥यो, एम्बुलेसन नै बोलाउनु पर्ने भयो भने दुइ घण्टा हिडेर फोन गर्न जानु पर्छ । केहि अपझट फोन गर्नु प¥यो भने धेरै समस्या हुन्छ । नेटवर्क नहुदाँ केहि कुरा थाहा पनि हुन्न ,” नेपालीले भन्नुभयो ।

प्रविधिको युगमा प्रविधिबाटै टाडा भएको भन्दै तिनपाटन गाउँपालिकाको माबी महबिरका प्रधानाध्यापक जित बहादुर तामाङ चिन्ता व्यक्त गर्नुहुन्छ । “अहिलेको युग भनेको प्रविधिको युग हो । सबै काम प्रविधिबाटै हुन्छ । हाम्रो यो क्षेत्रमा एनसिएल, एन्टिसि लगाएत कुनैपनि नेटवर्क दिदैन । हामी सुचना तथा संचारबाटै टाडा छौँ ,” प्रअ तामाङले भन्नुभयो । नेटवर्क नहुदाँ विद्यायलका काम पनि प्रभावित हुने गरेको उहाँ बताउनुहुन्छ । “विद्यालयलाई अहिले सम्म हामीले प्रविधिसँग जोड्न सकेका छैनौँ । सुचना दिनु परेमा तथा सुचना लिनु परेमा धेरै गाह्रो छ ।” उहाँले भन्नुभयो, “कहिले सम्म हामी यसरी संचारबाट टाडा बस्ने ? सरकारले यस तर्फ ध्यानदिन जरुरी छ ।”

टावरमा चार्ज सकिने समस्याले तीनपाटन गाउँपालिकाको मुख्य बजार चकमके र आसपासको वडाहरु (१०,९,८,५,४,६) का स्थानियले सास्ति खेप्नु परेको छ । टावर नजिकै विद्युत टान्सफर्मर हुदाँ पनि नेपाल टेलिकमले विद्युत जडान गर्न वास्ता नगरेको स्थानिय बरुण घिमिरेले बताउनुभयो । बारम्बार नेपाल टेलिकमलाई टावर विद्युतबाट चार्ज गर्न अनुरोध गर्दा समेत वेवास्ता गरेको उहाँको आरोप छ ।

प्रतिक्रिया