शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

फुलपाती बडाइ कार्यक्रमको लागि सिन्धुलीको रक्तमाला मन्दिर सिगार्ने कार्य सुरु

बुधवार , आश्विन २०, २०७८

सिन्धुली–फुलपातीको दिनमा हुने फुलपाती बडाइ कार्यक्रमको लागि रक्तमाला मन्दिर सिगार्ने कार्य सुरु भएको छ । कमलामाई नगरपालिका ४ ढकालगाउँस्थित रक्तमाला मन्दिर परिशर साथै मन्दिर सम्म पुग्ने सडकको मंगलबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सरसफाइ सुरु गरेको हो । फुलपातीका दिन हुने फुलपाती वडाइ कार्यक्रमका लागि मन्दिर जाने मुख्य चोक चोकमा गेट समेत बनाउन थालिएकोे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा कमलामाई नगरपालिका ४ का वडाध्यक्ष महेन्द्र प्रसाद ढकालले बताउनुभयो ।

बडा दशैमा विशेष पूजा गरिने भएकाले प्रहरी लगाएत स्थानिबासीको सहभािगतामा मन्दिर परिसरमा सरसफाई सुरु गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार सिन्धुलीमाढीको धुराबजार देखि साङबाले सम्म ठाउँठाउँमा गेट निर्माण गर्न थालिएको छ । अध्यक्ष ढकालले भन्नुभयो, “हामीले एक हप्ता अगाडि देखि मन्दिरमा रंग लगाउने कार्य गरिरहेका थियौँ । फुलपाती वडाइ कार्यक्रमका लागि अहिले हामीले धुराबजार देखि साङ्बाले सम्मको सडक सफा गर्ने साथै ठुला र साना गेट बनाउन सुरु गरेका छौँ । फुलपातीको दिन सम्म सबै सम्पन्न हुने छ ।” फुलपातीको दिन सम्म रक्तमाला मन्दिर बेहुली जस्तै सिगारिने अध्यक्ष ढकालको भनाइ छ ।

फुलपातीको दिन प्रत्येक वर्ष रक्तमाला मन्दिरमा फुलपाती बडाई कार्यक्रम हुदै आएको छ । २०५२ साल देखि मन्दिरमा फुलपाती बडाइ कार्यक्रम सुरु भएको अध्यक्ष ढकालले बताउनुभयो । संस्कृतिलाई बचाइ राख्ने उदेश्यले बडाइ कार्यक्रम गरिदै आएको उहाँको भनाइ छ । मन्दिरमा घटस्थापनाका दिन जमरा समेत राख्ने गरिन्छ । प्रत्येक घरमा विधिवत रुपमा जमरा राख्न नसकिने हुनाले बौधिक विधि अनुसार सामुहिक रुपमा जमरा राख्ने गरिएको उहाँले बताउनुभयो । हरेक वर्ष हुदै आएको फुलपाती बडाइ कार्यक्रम यस वर्ष पनि भव्य रुपमा कार्यक्रम गर्ने तयारी भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा ४ नम्बर वडाका वडाध्यक्ष ढकालले बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया