शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा थप ६ जनामा कोरोना पोजेटीभ

आइतवार , आश्विन १७, २०७८

सिन्धुली, – सिन्धुलीमा गएको २४ घण्टामा ६ जनामा कोरोना पोजेटीभ देखिएको छ । १६ जनामा पिसीआर तथा एन्टीजेन्ट बिधि मार्फत परिक्षण गरिएकोमा १ महिला र ५ पुरुष गरि ६ जनामा कोरोना पोजेटिभ देखिएको हो । सिन्धुलीमा कोरोना भाइरसको दोस्रो लहर सुरु भए पश्चात अहिले सम्म पिसीआर बिधी मार्फत गरिएको परिक्षण मध्य २ हजार ४५ जनामा र एन्टीजेन्ट मार्फत गरिएको परिक्षणमा १ हजार १ सय ६७ गरि ३ हजार २ सय १२ जनामा कोरोना पुष्टि भइसकेको छ ।

कोरोना पुष्टि भएका मध्य ३ हजार ७३ जना कोरोना मुक्त भइसकेका छन भने ४५ जनाको कोरोना संक्रमणका कारण ज्यान गई सकेको स्वास्थ्य कार्यलय सिन्धुलीले जनाएको छ । जिल्लामा अहिले ९४ जना सक्रिय संक्रमित रहेका छन । सक्रिय संक्रमित मध्य ९४ जनानै होम आइसोलेसनमा रहेका छन ।

६७९ मा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार १० हजार ९२० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

आइतवार थपिएकासँगै देशभर सक्रिय संक्रमित १६ हजार ८०४ जना पुगेको छ । सो अवधिमा एक हजार ४०५ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या सात लाख ६९ हजार २२४ छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६.५ प्रतिशत छ ।

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा सात जनाको मत्यु भएको छ । हालसम्म संक्रमणबाट ११ हजार १६४ जनाको मृत्यु भइसकेको छ । हाल देशभर ३३७ सघन उपचारकक्ष, १९४ भेन्टिलेटर, १५ हजार ५३४ होम आइसोलेशन, एक हजार २७० संस्थागत आइसोलेशन र २५२ जना क्वारेन्टिनमा रहेका छन् । आइतवार २६ हजार ४१९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्मा सात लाख ९७ हजार १९२ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा पोजेटिभ देखिएको छ भने ९२ हजार ३४ जना एन्टिजेन विधिमा कोरोना देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया