शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

दशैँ नजिकिए सँगै सिन्धुली बजारमा चहलपल बढ्न थाल्यो

शुक्रवार , आश्विन १५, २०७८

सिन्धुली – दशैँ नजिकिए सँगै सिन्धुलीमाढी बजारमा चहलपल बढ्न थालेको छ । बजारमा दशैँको लागी खसीबोका लगाएत कपडा किन्नेको चहलपल बढेको हो ।

कोरोना भाइसरको त्रास कम हुँदै गएको र नेपालीहरूका ठूलो चाड दशैं तिहारसमेत नजिकिँदै गएकाले समेत बजारमा चहलपहल बढेको व्यवसायीले बताएका छन् । “अव दशैँ पनि लाग्यो, दशैँको लागि सामान किन्नेको भिड हुन थालेको छ । खसीबोका देखि कपडा लगाएत खाद्यन्नको सामान किन्ने मानिसको भिड बढेको छ , सिन्धुलीमाढीका एक व्यवसायीले भन्नुभयो ।

कमलामाई नगरपालिका ६ स्टलबजारका सुसान कलेक्सन फेन्सि स्टोरमा दशैँका लागि १५ लाख भन्दा बढीको जुत्ता, ब्याक लगाएत फेन्सिका सामान ल्याइसकेको फेन्सि स्टोरका प्रोपाइटर राम गिरीले बताउनु भयो । “दशैँका लागि १५ लाख भन्दा बढीको सामान ल्याइसके, बाकीँ पुगेन भनि फेरि पनि ल्याउने छु । दशैँका लागि जुत्ता,चपल, ब्याक किन्ने मानिसको चहलपल छ । विक्री पनि राम्रै भइरहेको छ ।” गिरीले भन्नुभयो ।

सिन्धुलीमाढीमा संचालनमा रहेका स्थानिय टेलर्समा पनि दशै नजिकिएसँगै चहलपल बढेको छ । कोरोना संक्रमणको कारण गत वर्षको दशैँमा राम्रो व्यापार नभएको कमलामाई नगरपालिका ६ दुई नम्बर बजारको कञ्चन सिलाई हाउसमा यो वर्षको दशैँका लािग अहिले देखिनै चहलपहल बढ्न थालेको सिलाई हाउसका प्रोपाइटर संजिव सुन्दासले बताउनुभयो । २ नम्बर बजारकै इको टेलर्समा पनि अहिले देखि दशैँका लागि कपडा सिलाउन दिनेको चाप बडन थालेको छ । टेलर्सका प्रोपाइटर अजुन कार्की लकडाउनका समयमा थलिएको व्यापार व्यवसाय तंग्र्रिन छ कि भन्ने आशा दिलाएको बताउनु हुन्छ ।

यस्तै सिन्धुलीमाढीमा शनिबार लाग्ने हाट बजारमा पनि दशैँका लागि खसी बोका किन्नेको भिड बढेको छ । कमलामाई नगरपालिका ४ का दिल कुमार लामिछाने बजारमा भिड लागेको देख्दा दशैँ आइसेकेको जस्ता लाग्न थालेको बताउँनु हुन्छ । “बजारमा चहलपल देख्दा दशैँ आइनिसक्यो जस्तो लाग्ने, सबै दशैँका लागि सामान किन्न आएका छन् । अब त घरदेखि टाडा बसेका मानिस पनि घर आउन थालिसके, त्यसैले पनि चलहलपल बढको होला ,” लामिछानेले भन्नुभयो । गाउँघरमा पनि दशैको चहलपल हुन थालेको छ । घरबाट टाडा रहेको व्यक्तिहरु घरफर्किन थाले सँगै गाउँमा पनि चहलपल बढेको हो ।

यस्तै विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण गर्न भन्दै सरकारले गरेको लकडाउन र स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका कारण बन्द रहेको सिन्धुलीका साप्ताहिक तथा पाक्षिक हाट बजारमा सर्वसाधारण तथा व्यापारीहरूको चहल पहल बढ्न थालेको छ । सदरमुकामसहित ग्रामीण ईलाकामा लाग्ने साप्ताहिक र छोटी बजारहरूमा चलहपहल सुरु भएको छ । असोज १ गतेबाट अधिकांश व्यापार व्यवसाय सञ्चालन गर्न सरकार र स्थानीय प्रसाशनले छुट दिएसंँगै साप्ताहिक र पाक्षिक बजारमा चहल पहल बढेको व्यवसायीहरू बताउँछन् । महिनौ देखि बन्द रहेका हाट बजार खुल्ला गरेसँगै चहलपहल बढ्न थालेको सिन्धुलीमाढीका एक स्थानिय व्यापारिले भन्नुभयो । “महिनौदेखि बन्द रहेका हाट बजार ग्रामीण अर्थतन्त्रका मेरुदण्ड नै हुन्, यस्ता बजार लाग्न थाल्नु आफैमा राम्रो हो ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया