शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको सुनकोशी गाउँपालिकामा स्वास्थ केन्द्र र बिद्यालय भवन हस्तान्तरण

बिहिवार , आश्विन १४, २०७८

सिन्धुली – सुनकोशी गाउँपालिका वडा नं. २ दुम्जाको आधाभुत स्वास्थ केन्द्र ओद्रेकोटको ४ कोठे भबन र पन्चकन्या मा.बि.हायुगाउको ४ कोठे आरसिसी भबन तथा पुस्तकालय बुधवार उदघाटन तथा हस्तान्तरण गरिएको छ ।

सुनकोसी गाउँपालिकाको २० लाख आर्थिक सहयोगमा आधारभुत स्वास्थ केन्द्र र योजना कार्यान्वयन ईकाइ सिन्धुलीको ७० लाख आर्थिक सहयोगमा बिद्यालय नवनिर्मित २ वटा भवन हस्तान्तरण गरिएको सुनकोसी गाउँपालिकाको कानुनी सल्लाहकार चिरञ्जीवी दाहालले जानकारी दिनु भयो ।

सुनकोसी गा.पा.वडा न.२ का अध्यक्ष भोज कुमार सिजाली को अध्यक्षता तथा सुनकोशी गाउँपालिका अध्यक्ष दिपा वोहोरा दाहालले एक कार्यक्रम बिच भवन उदघाटन गरि चाबि हस्तान्तरण गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दिपा वोहोरा दाहालले विकास निर्माणमा सबैको हातेमालो आवश्यक रहेको बताउदै नवनिर्मित भवनको संरक्षण र सदुपयोग गर्नुपर्नेमा जोड दिनु भयो ।

प्रतिक्रिया