शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको शिद्धबाबा भ्यूटावर पदमार्ग निर्माण हुने

सोमवार , आश्विन ११, २०७८

सिन्धुली – कमलामाई नगरपालिका ४ च्याउकोटको शिद्धबाबा मन्दिर देखि भ्यूटावर सम्म पदमार्ग निर्माण हुने भएको छ । बागमती प्रदेश सरकारले पदमार्ग निर्माणका लागि १ करोड बजेट स्वीकृत गरिसकेको कमलामाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र ढकालले नाजकारी दिनुभयो । भ्यूटावरलाई शिद्धबाबा मन्दिर सम्म जोडने पदमार्ग निर्माणको काम छिटै नै सुरु हुने उहाँको भनाइ छ । पदमार्ग निमार्ण भएपछि मन्दिर दर्शन आउने भक्तजन तथा पर्यटन सहज रुपमा भ्यूटावर सम्म पुग्ने सक्ने छन् । पाँच फिट चौडाइको बाटोमा दोहोरो रेलिङ सहित सिडिसहितको पदमार्ग निर्माण हुने छ । पदमार्ग निर्माणले पर्यटन भित्र्याउन सहयोग गर्ने उहाँको भनाइ छ ।

यस्तै निर्माणधीन भ्यूटावरको काम ७५ प्रतिशत सम्पन्न भइसकेको वडा अध्यक्ष ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार भ्यूटावरको काम धमाधम भइरहेको छ । भ्यूटावर २०७८ जेष्ठ १५ गते निमार्ण सम्पन्न गरिने सम्झौता भएपनि कोरोना भाइरसको कारण निर्माणमा प्रभाव परेको थियो । यहि मंसिरमा निर्माण सम्पन्न गरिने गरि काम भइरहेको वडा अध्यक्ष ढकालले बताउनुभयो । भ्यूटावर निर्माण गुणस्तर भएको दाबी समेत गर्नु भएको छ । गुणस्तर सामाग्री प्रयोग गर्न आफुले बेलाबेला ठेकेदारलाई आग्रह गरिरहेको उहाँको भनाइ छ । “भ्यूटावर निर्माणमा गुणस्तर सामाग्री नै प्रयोग भएको छ । हामीले बेलाबेला खबरदारी समेत गरेका छौ । प्राविधिकको सहयोगमा अनुगमन पनि गरिरहेका छौँ ।” वडा अध्यक्ष ढकालले भन्नुभयो ।

शिद्धबाबा भ्यूटावर निमार्णले सिन्धुलीमा पर्यटक भिœयाउन महत्वपूर्ण भुमिका खेल्ने वडा अध्यक्ष ढकालको भनाइ छ । साथै उहाँले ऐतिहासिक स्थिल शिद्धबाबा मन्दीर नजिक भ्यूटावर निमार्णमा र पदमार्ग निर्माणमा आफ्नो भुमिका रहेको बताउनुभयो ।

अध्यक्ष ढकालका अनुसार आधुनिक भ्यूटावर निमार्ण भइरहेको छ । बागमती प्रदेश सभा सदस्य विनोद कुमार खड्काले भ्यूटावर निमार्णमा गुणस्तर सामाग्री प्रयोग गर्न ठेकेदारलाई आफुले बारम्बार आग्रह गरिरेहेको बताउनुभयो । निमार्ण सामाग्री गुणस्थर भए नभएको प्राविधिकको सहयोगमा आफुले पनि अनुगमन गरेको उहाँले बताउनुभयो ।

शिद्धबाबा भ्यूटावर निर्माणको काम गत पुष ६ गतेबाट सुरु भएको हो । बागमती प्रदेशको कुल २ करोड ४८ लाख ६२ हजार लागत सहयोगमा भ्यूटावर निमार्ण सम्पन्न हुने छ । गत ०७७ भदौ १८ गते ड्रयागन कन्ट्रसन प्रालि बानेश्वर १०, काठमाडौ सँग भ्याट सहित १ करोड ९२ लाख २३ हजार ६ सय ४५ रुपैयामा निमार्ण सम्पन्न गरिने सम्झौता भएको हो । भ्यूटावर एकतलामा ७ मिटर उचाई भएकोे पाँचा तला निमार्ण हुने छ ।

प्रतिक्रिया