सिन्धुली – कमलामाई नगरपालिकाले सिन्धुलीगढीमा निर्माण भएको युद्ध संग्रालय प्रवेश शुल्क भन्दै गढीको प्रवेश द्धारमा प्रवेश शुल्क लिने गरेका छ । कमलामाई नगरपालिका ३ मा स्थित सिन्धुलीगढी अवलोकन गर्न आउनेलाई पनि नगरले युद्ध संग्राहलय प्रवेश शुल्क भन्दै शुल्क लिने गरेको हो ।
सिन्धुलीगढी प्रवेश द्धारमा युद्ध संग्राहलय प्रवेश शुल्क भनी ठुलो साइड बोर्ड राखिएको छ । तर गढीको अवलोकन गर्न नै शुल्क लिने गरेको पर्ययटकले गुनासो गरेका छन् । गढी अवलोकन गर्न आएका एक पर्यटकले भने, “संग्रालय प्रवेश शुल्क भन्दै गढीको मुख्य द्धारमै शुल्क लिइ प्रवेश गर्न दिने गरेका छन् । संग्राहलय प्रवेशमा शुल्क लिएपनि गढी अवलोकनमा भने निशुल्क गर्नुपर्छ । सिन्धुलीगढीलाई आम्दानीको स्रोत बनाउन हुदैन ।” उहाँले युद्ध संग्राहलय अवलोकनको शुल्क संग्राहलयकै प्रवेशद्धारमा लिनुपर्ने बताउनुभयो ।
यस्तै अर्को एक सिन्धुलीगढी घुम्न आएका पर्यटकले युद्ध संग्रालयको शुल्क भनेर भ्रम पारि गढी अवलोकन गर्न समेत शुल्क लिएको आरोप लगाउनु भएको छ । “संग्राहलयको शुल्क भनी गढीको मुख्यद्धारबाटै प्रवेश गर्न रोक गर्दछन् । शुल्क तिरेपछि मात्र गढी अवलोकन गर्न पाइन्छ । गढीको शुल्क भनेर तोकिदिनु पर्यो, नत्र संग्राहलयको शुल्क भनेर गढी प्रवेशमा रोक गर्नु भएन्, ” उहाँले भन्नुभयो । प्रवेश शुल्क लिन बसेका नगरपालिकाका कर्मचारी पनि आफ्ना चिनेजानेका तथा नातेदारलाई निशुल्क प्रवेश गर्न दिने गरेको उहाँले आरोप लगाउनु भएको छ । “यहाँ गेटमा बसेका तथा टिकट दिन बसेकाहरुले आफ्ना मान्छेलाई शुल्क नै नलिइ भित्र प्रवेश गर्न दिन्छन् ,” उहाँले भन्नुभयो, “यसरी कसैलाई शुल्क लिने कसैलाई निशुल्क प्रवेश गर्न दिनु भएन । सबैलाई एउटै हुनपर्छ ।”

यता सिन्धुलीगढी युद्ध संग्राहलयमा खटिएका नगरका प्रहरी हवल्दार भने नगरपालिकाले तोके बाहेका अन्य व्यक्तिलाई निशुल्क प्रवेश गर्न नदिएको दाबी गर्नु हुन्छ । उहाँले नगरपालिकाले तोके अनुसारको शुल्क लिइ प्रवेश गर्न दिएको बताउनुभयो ।
कमलामाई नगरपालिकाले कमलामाई नगरपालिकाका निर्वाचित जनप्रतिनिधि,७० वर्ष माथिका जेष्ठ नागरिक, बहालवाला नेपानी सेना,कमलामाई नगरपालिकाका कर्मचारी, संग्रहालयलाई पुरातात्विक एवम् ऐतिहासिक बस्तु उपलब्ध गराउने व्यक्तिहरुले भने युद्ध संग्रहालय निशुल्क अवलोकन गर्न पाउने जनाएको छ । चलचित्र लगायत अन्य व्यवसायिक रुपमा मनोरञ्जन दिने हेतुले निर्माण हुने चलचित्र छायाँकंन गर्नेलाई कमलामाईबाट स्वीकृत लिइ प्रति दिन ५ हजार तिर्नु पर्ने तोकिएको छ । विदेशी अवलोकन कर्तालाई प्रति व्यक्ति २ सय, स्वदेशी अवलोकन कर्ताहरुलाई प्रति व्यक्ति ५० रुपैया र विद्यार्थी,अनुसन्धानकर्ता, निलो र रातो अपांगता परिचपयपत्र धारक र भुपु नेपाली सेनालाई प्रति व्यक्ति २५ रुपैया तोकिएको छ ।
यसैबिच, सिन्धुलीगढी युद्ध संग्रालय निर्माण भएपछि बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । जापान, भारत र चिन बाट पनि पर्यटकहरु आउने नगर प्रहरि हवल्दार इन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सिन्धुलीको छिमेकि जिल्लाहरु लगाायत पुर्बको झापा,मोरङब बाट पनि गढी अवलोकनका लागि आउने गर्दछन् । गढीमा दैनिक एक सय देखि १ हजार सम्म पर्यटक अवलोकन गर्न आउने गरेको उहाँले जानकारी दिनुभयो । युद्ध संग्राहलय स्थापना भएदेखि अहिले सम्म १४ हजार भन्दा बढि बाह्य तथा आन्तारिक पर्यटक भित्रिएका छन् । जसबाट ७ लाख ५१ हजार भन्दा ३० रुपैया रकम संकलन भएको छ ।