वि.सं.२०७८ साल असोज ०८ गते शुक्रबार । ईश्वी सन् २०२१ सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि– तृतिया, बिहान ०७ बजेर १९ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– अश्विनी, बिहान ०९ बजेर ०२ मिनेट उप्रान्त भरुणी । योग– व्याघात, दिउसो ०३ बजेर २१ मिनेट उप्रान्त हर्षण । करण– भद्रा, बिहान ०७ बजेर १९ मिनेट उप्रान्त बव, बेलुकी ०६ बजेर ०७ मिनेट उप्रान्त बालव । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५६ मिनेट । दिनमान ३० घडी ०८ पला । चौथीश्राद्ध,इन्द्रध्वजपातन ननीचाया,गातिला ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्– अरूको भरपर्दा काम बिग्रन सक्छ । सरकारी कामकाजमा नियुक्तिको सम्भावना बढेर जानेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारिक असमझदारीका बीच गरिएको प्रयास व्यर्थ होला । साथीभाइ र बन्धुबान्धवको सहयोगले लाभ हुनेछ । विपरीत लिंगी वा शुभचिन्तकहरूले साथ दिनेछन् ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । व्यापार व्यवसायमा लगानी बढाउन सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । हिम्मतले काम लिने समय छ । बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ । ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन् । नजिकका साथीभाइ टाढिन सक्छन् । टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ । पहिलेको लगानी तथा श्रमबाट राम्रै प्रतिफल पाइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ । अविवेकी निर्णयले अप्ठ्यारोमा पार्नेछ । दाजुभाइको सम्बन्ध कमजोर बन्ने सम्भावना छ । खराब आचरण भएकाहरू पनि नजिकिन सक्छन् । आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखा पर्न सक्छ । काममा ढिलासुस्ती हुन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नोकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखा पर्न सक्छ । लामो समयदेखि रोकिएका काम सम्पादन होलान् । भूमि लगायत स्थायी सम्पत्ति बारे केही विवाद हुन सक्छ । कृषि, पशुधनबाट यथेष्ट लाभ र पढाइ लेखाइमा पनि प्रगतिको समय छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ । टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ । धनमाल हराउने वा ठगीमा परिने सम्भावना छ । आफ्नो प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ । पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ । प्रतिस्पर्धी परास्त हुनेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । टाउको र आँखाको समस्याले दुःख दिन सक्छ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत समेत बढ्ने छन् ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । दाजुभाइ, सहयोगले विपक्षीलाई तह लगाउन सकिनेछ । घर जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ । कृषि र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ । टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– विभिन्न अवसर प्राप्त भए पनि स्वास्थ्य कमजोर रहन सक्छ । पेटको समस्याबाट जोगिन खानपानमा सजग रहनुहोला । नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ । आफ्नो कमजोरी प्रति टिप्पणी वा गुनासो बढ्न सक्छ । आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ । केही धन र बहुमूल्य धातु संग्रह हुन सक्छ । सामाजिक प्रतिष्ठा पाइनेछ । मान सम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– शत्रु बाधा, मुद्दा मामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन् । प्रतिस्पर्धाबाट सामान्य फाइदा उठाउन सकिनेछ । उद्योग धन्दामा पनि राम्रै सफलता हात पार्न सकिनेछ । बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– आयआर्जनमा कमी आउने सम्भावना छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । स्वास्थ्यमा देखा पर्ने समस्याले सताउन सक्छ । आमाको स्वास्थ्य स्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ । कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ । मन मिल्ने साथीभाइ अलि टाढिन सक्छ ।
तपार्ईँको दिन शुभ रहोस् ।
०७८ साल असोज ०७ गते शुक्रबारको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ।
हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।
शुक्रबार दिउँसो :– देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन÷ चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार राती :– देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन÷ चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।